रियललाई पोग्बा चाहिएन !

एजेन्सी – फ्रान्सेली मिडफिल्डर पल पोग्वाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाड्ने पक्का भइसकेको छ। युनाइटेडमा उनको सम्झौता नहुने क्लबले समेत पुष्टि गरिसकेको छ। केहि दिन अगाडी मात्रै युनाइटेडले आफ्नो आधिकारिक वेबसाइटमा विज्ञप्ति जारी गर्दै पोग्बालाई अन्तिम बिदाइ भनेको थियो।

पोग्बा सन् २०१६ मा इटालियन क्लब युभेन्ट्सबाट युनाइटेडमा फर्किएका थिए। त्यसबेला युनाइटेडले पोग्बाका लागि कीर्तिमानी ८९ मिलियन पाउन्ड खर्च गरेको थियो। त्यसबेला उनी युनाइटेडको इतिहासमा सबैभन्दा महँगो खेलाडी बनेका थिए।

पोग्बा युभेन्ट्समा सफल चार सिजन बिताएपछि युनाइटेड फर्किएका थिए। युभेन्ट्समा उनी सिरी ए च्याम्पियन र युरोपका उत्कृष्ट मिडफिल्डर बनेका थिए। युनाइटेड फर्किएपछि भने उनी पहिला जस्तै रहन सकेनन्। उनले अपेक्षा गरिएजस्तो प्रदर्शन नै गर्न सकेनन्।

अनिश्चित भविष्य

पोग्बा फ्री ट्रान्सफरका लागि उपलब्ध हुने भइसकेपनि उनी कता जान्छन् भन्ने बारे केहि पनि जानकारी बाहिर आएको छैन। पोग्बा माथि रियल म्याड्रिडको नजर रहेको चर्चा गरिएपनि रियलले पोग्बालाई भित्र्याउन प्रयास नगर्ने स्पेनिस मिडियाहरु बताउँछन्।

स्पेनिस मिडिया मार्काका अनुसार रियलले पोग्बा र उनका एजेन्ट कसैलाई पनि अहिले सम्म सम्पर्क गरेको छैन। रियल म्याड्रिडका निर्देशकहरू आफूहरुलाई सो बारे पुष्टि गरेको मार्काले जनाएको छ।

रियल म्याड्रिडले भित्र्याउन चासो नदेखाएपनि पोग्बा माथि पेरिस सेन्ट जर्मेन(पिएसजी) र युभेन्टसको नजर रहेको छ। पोग्बालाई यी दुई मध्ये एक क्लबले भित्र्याउने लगभग पक्का रहेको छ।

प्रकाशित : आइतबार, जेठ २२, २०७९१७:०६

बार्सिलोनाले सलाहसँग गर्यो लिभरपुलको मुटुमा ढ्यांग्रो ठोक्ने वाचा, सित्तैमा उछिट्याउने !