एजेन्सी – आत्मघाती गोलको सहायतामा युक्रेनलाई पराजित गर्दै वेल्स यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ ।
युरोपेली छनोटको प्ले अफको फाइनलमा युक्रेनलाई १–० ले पराजित गर्दै वेल्स दोस्रोपटक विश्वकपमा छनोट हुन सफल भएको हो । वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट हुन सफल भएको हो ।
वेल्सले यसअघि सन् १९५८ मा पहिलोपल्ट विश्वकप खेलेको थियो । त्यसयता वेल्स विश्वकपको छनोट नजिक पुगेपछि छनोट हुन सकेको थिएन । तर, यसपटक वेल्सले त्यो छविलाई मेटाएको छ । अब वेल्स इंग्ल्याण्ड, अमेरिका र इरान रहेको समूह बी मा सामेल भएको छ ।
कार्डिफमा आइतबार राति भएको खेलमा वेल्सको जितमा पहिलो हाफमा एन्ड्रिए योर्माेलेन्कोले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । उनले ३४औं मिनेटमा ग्यारेथ बेलको फ्रिकिकलाई बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेको थिए ।
खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि युक्रेनले वेल्सको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । युद्धग्रस्त अवस्थाबाट अघिल्लो साता प्लेअफको सेमिफाइनलमा स्कटल्याण्डलाई ३–१ ले पराजित गरेर प्ले अफको फाइनलमा पुगेको युक्रेनले फाइनलमा त्यही नतिजा दोहो¥याउन नसक्दा विश्वकपमा दोस्रोपटक छनोट हुन सकेन ।