लियोनल मेस्सी पेरिस सेन्ट-जर्मेन ( पीएसजी) सँग पहिलो सिजन कमजोर रहेपनि फुटबलको इतिहासमा दोस्रो उच्च गोलकर्ता बनेका छन्। मेस्सी गत समरमा पीएसजीमा नि:शुल्क एजेन्टका रूपमा गएका थिए र उनीहरूलाई लिग १ को उपाधि दिलाउन मद्दत गरेपनि २६ खेलमा मात्रै ६ गोल गर्न सफल भए।

मेस्सीले च्याम्पियन्स लिगमा भने तुलनात्मक धेरै राम्रो प्रदर्शन गर्दै केवल सात खेलमा पाँच गोल गरेका थिए। समग्रमा त्यो ११ गोलले उनको करियरको गोल संख्या ७६४ मा पुग्छ। यो ब्राजिल दिग्गज पेलेको भन्दा दुई गोल बढी हो, जसले आधिकारिक रूपमा तीन दशकहरूमा ७६२ गोल गरेका छन्।

उनले लामो समयदेखिका आफ्ना प्रतिद्वन्दीले करियरमा ८१३ गोल गरेका क्रिस्टियानो रोनाल्डोलाई शीर्ष स्थानमा समात्ने सम्भावना भने निकै कम रहेको छ। तर अर्जेन्टिना अन्तर्राष्ट्रिय इतिहासमा ८०० गोल पूरा गर्ने दोस्रो खेलाडी बन्न सक्छन्।
तल IFFHS का अनुसार सम्पूर्ण सूची हेर्नुहोस्:
२३. फ्रान्ज बाइन्डर (अस्ट्रिया/जर्मनी) – ५०२ गोल
२२. इम्रे स्लोसर (हंगेरी) – ५०४ गोल
२१. ह्युगो सान्चेज (मेक्सिको) – ५०७ गोल
२०. रोबर्टो डिनामाइट (ब्राजिल) – ५११ गोल
१९. लुइस स्वारेज (उरुग्वे) – ५२० गोल
१८. ग्योर्गी सारोसी (हंगेरी) – ५२६ गोल
१७. अल्फ्रेडो डि स्टेफानो (अर्जेन्टिना/स्पेन) – ५३० गोल
१६. उवे सीलर (जर्मनी) – ५५१ गोल
१५. जिमी म्याकग्रोरी (स्कटल्याण्ड) – ५५२ गोल
१४. फर्नान्डो पेरोटेओ (पोर्चुगल) – ५५३ गोल
१३. ज्लाटान इब्राहिमोभिक (स्वीडेन) – ५६० गोल
१२. ग्लेन फर्गुसन (उत्तरी आयरल्याण्ड) – ५६१ गोल
११. रोबर्ट लेवान्डोस्की (पोल्याण्ड) – ५६३ गोल
१०. जो बम्ब्रिक (उत्तरी आयरल्याण्ड) – ६१६ गोल
९. युसेबियो (पोर्चुगल) – ६१९ गोल
८. गर्ड मुलर (जर्मनी) – ६३४ गोल
७. जिमी जोन्स (उत्तरी आयरल्याण्ड) – ६४७ गोल
६. जोसेफ बिकान (अस्ट्रिया/चेकोस्लोभाकिया) – ७२० गोल
५. फेरेंक पुस्कास (हंगेरी) – ७२९ गोल
४. रोमारियो (ब्राजिल) – ७५५ गोल
३. पेले (ब्राजिल) – ७६२ गोल
२. लियोनेल मेस्सी (अर्जेन्टिना) – ७६४ गोल
१. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – ८१३ गोल

