६८ दिनपछि राशि परिवर्तन गर्दै राजकुमार ग्रह, यी ४ राशिमा मानिस हुन्छन् मालामाल !

ग्रहका राजकुमार भनेर चिनिने बुध छिट्टै आफ्नै राशि मिथुनमा प्रवेश गर्नेछ। मिथुन राशिमा बुधको गोचरले मानिसको बौद्धिक क्षमतामा बृद्धि गर्नुका साथै धेरै राशिलाई शुभ फल दिनेछ। वैदिक ज्योतिषमा, बुधलाई बुद्धि, व्यापार र ज्ञानको कारक मानिन्छ। जसको कुण्डलीमा यो ग्रह बलवान हुन्छ, त्यस्ता व्यक्ति धेरै बुद्धिमान र बोल्नमा निपुण हुन्छन्। जसको कुण्डलीमा यो ग्रह कमजोर हुन्छ, उनीहरुलाई करियर बनाउन धेरै समस्या हुन्छ। बुधले जुलाई २ मा आफ्नो राशि परिवर्तन गर्नेछ। जान्नुहोस् कुन राशिमा यो गोचरले शुभ फल दिनेछ।

मिथुन राशि 

यो राशिका मानिसहरुका लागि यो गोचरले धेरै शुभ फल दिनेछ। लगभग हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने बलियो सम्भावना रहेको छ। नाम र कीर्ति कमाउन सकिनेछ। जीवनसाथीको हरेक काममा पूर्ण सहयोग मिल्नेछ। आम्दानी बढ्नेछ र व्यापारमा राम्रो लाभ हुनेछ।

कन्या राशि 

यो समयमा सबै काममा सफलता मिल्नेछ। वरिष्ठ अधिकारीसँगको सम्बन्ध सुमधुर रहनेछ। मिहिनेतको पूर्ण फल मिल्ने देखिन्छ। व्यवसायीले पनि यस अवधिमा धेरै प्रगति गर्नेछन्।

कुम्भ राशि 

यस राशिका व्यक्तिहरूले करियर र प्रेम जीवनमा सफलता प्राप्त गर्नेछन्। भाग्यले सबै कुरामा साथ दिनेछ। उच्च शिक्षामा सफलता मिल्नेछ। साझेदारीको काममा राम्रो आम्दानी गर्न सकिनेछ। एकभन्दा बढी माध्यमबाट पैसा प्राप्त गर्न सकिनेछ।

मीन राशि 

कार्यस्थलमा तपाईंको कामको उच्च प्रशंसा हुनेछ। लगानीका लागि समय राम्रो छ। सासुरवासीबाट धेरै सहयोग मिल्नेछ। साझेदारी कार्यमा राम्रो आम्दानी गर्न सकिनेछ। समग्रमा समय राम्रो देखिन्छ।

प्रकाशित : सोमबार, जेठ २३, २०७९१३:१९

यस्ता सपना देख्नु हुन्छ निकै शुभ, धनको वर्षा हुने हो संकेत !