रेनुको आग्रह – ‘राजनैतिक खिचातानी बन्द गरौं’

काठमाडौँ – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजनैतिक खिचातानी रोक्न भरतपुरबासीलाई आग्रह गरेकी छन्। सोमबार भरतपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा दाहालले राजनैतिक खिचातानी बन्द गरेर सहयोग गर्न आग्रह गरेकी हुन्।

सोमबार भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आयोजित वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा दाहालले राजनैतिक खिचातानी रोकेर रचनात्मक सहयोग गर्न आह्वान गरिन्।

भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएको हुँदा साझा भएर काम गर्ने दाहालले प्रतिवद्धता व्यक्त गरिन्। जनप्रतिनिधि भई कार्यभार सम्हालेपछि साझा भएर काम गर्नुको विकल्प नरहेको उनको भनाई छ।

“भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएकाले यो वा त्यो पार्टी भन्ने नै छैन, म साझा भएर विगतमा पनि काम गरेको र आगामी दिनमा पनि साझा भएर काम गर्ने प्रण गर्छु। विगतमा जसरी काम गरेर हुँदैन, त्यो भन्दामाथि उठेर कामगर्ने संकल्प मैले गरेको छु।”,दाहालले भनिन्।

प्रकाशित : सोमबार, जेठ २३, २०७९१२:४०

देखियो बालेनको कमाल, एक हप्तामै पूरा भयो अर्को योजना !