लियोनल मेस्सीले सबै पाँच गोल गरेपछि अर्जेन्टिनाले आइतबार साँझ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इस्टोनियालाई पराजित गरेको छ। सात पटकको ब्यालोन डी’ओर विजेता सन् १९४२ मा इक्वेडर विरुद्ध जोसे म्यानुएल मोरेनो पछि एक खेलमा पाँच गोल गर्ने पहिलो अर्जेन्टिना खेलाडी बनेका छन्।
स्पेनको पाम्प्लोनास्थित एस्टाडियो एल सदरमा भएको खेलमा मेस्सीले आठौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेलको पहिलो गोल गरेका थिए। फिफा विश्व वरियतामा ११०औं स्थानमा रहेको टोलीविरुद्ध अर्जेन्टिनाले आफ्नो वर्चस्व कायम राख्दै मेस्सीले हाफ टाइमको केही समय अगाडी मात्र दोस्रो गोल गर्न सफल भए।
दोस्रो हाफको दुई मिनेटमा र मेस्सीले राइट ब्याक नहुएल मोलिनाको क्रसबाट गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि पनि उनले २ गोल गर्दा एक्लैले खेलमा ५ गोल पूरा गरेका थिए। अर्जेन्टिनाका लागि मेस्सीको ८६ गोलले उनलाई पुरुष अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा चौथो सर्वाधिक गोलकर्ता बनाएको छ।
उनले हंगेरीका फेरेन्क पुस्कास (८४ गोल) लाई पछि पारेका छन् र मलेसियाका मोख्तर दाहारी (८९), इरानका अली दाई (१०९) र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो (११७) भन्दा पछि रहेका छन्। स्पेनको पाम्प्लोनाको एल सदर स्टेडियममा भीडको अगाडि एस्टोनियामा गरेका पाँच गोल बाहेक, मेस्सीले आफ्नो सिनियर करियरमा अर्को पटक पाँच गोल गरेका छन् र यो एफसी बार्सिलोनासँग आएको थियो।
दस वर्ष अघि, मेस्सीले २०११-१२ सिजनको युइएफए च्याम्पियन्स लिग खेलमा पाँच गोल गरेका थिए। मेस्सीले उक्त खेल राउण्ड अफ १६ को दोस्रो लेगमा जर्मन क्लब बायर लेभरकुसेनसँग खेलेका थिए। बार्सिलोना क्याम्प नोउमा ७–१ र समग्रमा १०–२ ले विजयी भएको थियो। बार्सिलोनाका १० गोलमध्ये ७ गोल मेस्सीले जर्मन क्लबविरुद्धको दुई लेगमा गरेका थिए।
यस्तोमा, गयरातीको खेलपछि मेस्सी क्लब करियर र अन्तराष्ट्रिय करियरमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी बनेका छन्।