डि मारियालाई भित्र्याउने तयारीमा बार्सिलोना, तर यो क्लबले दिँदै टक्कर !

एजेन्सी – अर्जेन्टिनी स्टार एन्जेल डि मारिया क्याटलान क्लब बार्सिलोनाको सस्तो विकल्पको रुपमा देखा पारेका छन्। आर्थिक संकटसँग जुधिरहेको बार्सिलोनाको सस्तो विकल्पमा डि मारिया देखिएको हो।

पेरिस सेन्ट जर्मेन(पिएसजी)मा डि मारियाको सम्झौता यहि जुन ३० मा सकिँदैछ। त्यसपछि उनी फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। त्यहि मौकाको फाइदा उठाउँदै उनलाई भित्र्याउने बार्सिलोनाको योजना रहेको छ।

स्पेनिस मिडियाहरुका अनुसार बार्सिलोनाका खेल निर्देशक अर्जेन्टिनाको लागि उत्सुक छन्। उनी डि मारियालाई फ्री ट्रान्सफरमा भित्र्याउन तयारी गरिरहेको बताइन्छ। बार्सिलोना डि मारियासँग दुई वर्षे सम्झौता गर्न इच्छुक देखिन्छ।

तर डि मारिया भित्र्याउने दौडमा बार्सिलोना एक्लो छैन। बार्सिलोनालाई युरोपमा अन्य ठूला क्लबहरुबाट पनि प्रतिष्पर्धा मिलिरहेको छ। ३४ वर्षिय डि मारियालाई भित्र्याउने दौडमा बार्सिलोनालाई इटालियन क्लब युभेन्टसबाट टक्कर मिलिरहेको छ।

फरवार्ड फेडेरिको बर्नाडेस्ची र पाउलो डिबालालाई गुमाउने अवस्थामा रहेको युभेन्टस डि मारियालाई भित्र्याएर आफ्नो स्क्वाडलाई बलियो बनाउने योजनामा रहेको इटालियन मिडियाहरु बताउँछन्।

डि मारिया भित्र्याउने दौडमा बार्सिलोनालाई युभेन्टसले पछि पार्न सक्ने सम्भावना रहेको समेत बताइन्छ। उनले लालिगामा रियल म्याड्रिडबाट खेलिसकेका कारण उनी बार्सिलोना नजाने धेरैको बुझाई छ।

प्रकाशित : मङ्गलबार, जेठ २४, २०७९०९:१९

रियलको रवाफ अगाडी लिभरपुलको केहि लागेन, खेलाडी भित्र्याउने दौडमा पछि पर्यो !