हिजो बढेको सुनको मूल्य आज घट्यो ! कति ?

काठमाडौँ – नेप्पली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन घटेर दोस्रो दिन बढेको सुनको मूल्य नेपाली बजारमा आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९७ हजार ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ६ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य रु १५ ले घटेर नेपाली बजारमा १ हजार २ सय ७५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, जेठ २४, २०७९१०:३५

काठमाडौँमा मापसे गरेर सवारी चलाउनेको संख्या ह्वात्तै बढ्यो, एकै दिन यति धेरै फेला परे !