रोनाल्डोलाई पछ्याउँदै मेस्सी, कति छ अन्तराष्ट्रिय गोल अन्तर ?

पोर्चुगलका लागि १८७ खेलमा ११७ पटक गोल गरेका क्रिस्टियानो रोनाल्डो अझै पनि अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालीन कीर्तिमान गोलकर्ता हुन्, तर लियोनल मेस्सीले आइतबार भएको मैत्रीपूर्ण खेलमा इस्टोनियालाई पाँच गोल गर्दै रोनाल्डोसँगको अन्तर केही कम गरेका छन्।

अर्जेन्टिनाका कप्तानले यससँगै आफ्नो देशका लागि १६२ खेलमा ८६ गोल गरेका छन्। उनी सबै समयको सूचीमा चौथो स्थानमा छन् र यसको मतलब उनी अब हंगेरीका फेरेन्क पुस्कासभन्दा अगाडि छन्, जसले ८४ गोल गरेका थिए।

अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूची:-

१. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल): ११७ गोल

२. अली डेई (इरान): १०९ गोल

३. मुख्तार दहरी (मलेशिया) : ८९ गोल

४. लियोनल मेस्सी (अर्जेन्टिना): ८६ गोल

५. फेरेंक पुस्कास (हंगेरी र स्पेन): ८४ गोल

६. गोडफ्रे चितालु (जाम्बिया) – ७९ गोल

७. हुसेन सइद (इराक) – ७८ गोल

८. पेले (ब्राजिल) – ७७ गोल

९. अली माबखाउट (युएई) – ७६ गोल

१०. सान्डोर कोकसिक (हंगेरी) – ७५ गोल

मेस्सी अझै यस अर्थमा रोनाल्डोभन्दा निकै पछाडि छन्, आफ्नो लामो समयको प्रतिद्वन्द्वी भन्दा ३१ गोलले पछि परेका छन्। मेस्सी मात्र ३४ वर्षको र रोनाल्डोभन्दा दुई वर्ष कान्छा भए पनि, कतारमा हुने विश्वकपपछि मेस्सीले अर्जेन्टिनाको ड्युटीबाट सन्यास लिन सक्ने हुनाले नम्बर १० ले पोर्चुगलको कप्तानलाई समात्ने सम्भावना कम छ।

यद्यपि, मेस्सीले थप तीन गोल गरेर पोडियम बनाउनेछन् र आइतबार राती जस्तै प्रदर्शन जारी राखेमा अली डेईको १०९ गोलको रेकर्डसम्म भने पुग्न सक्छन्।

प्रकाशित : मङ्गलबार, जेठ २४, २०७९११:४५

आफ्नो लागि भन्दा बढी मेस्सीका लागि विश्वकप जित्ने चाहना छ यी स्टार खेलाडीको !