काठमाडौँ : ज्योतिष शास्त्र अनुसार कुनै ग्रहले राशि परिवर्तन गर्दा त्यसको प्रत्यक्ष असर मानव जीवनमा पर्छ। शुक्र ग्रह आफ्नो स्वराशि वृषमा प्रवेश गर्दैछ, जहाँ पहिल्यैदेखि बुध ग्रह विराजमान छ। शुक्र ग्रहलाई विलासता, धन, वैभव, रोमान्स र ऐश्वर्यको दाता मानिन्छ। बुध ग्रहलाई ज्योतिष शास्त्रमा बुद्धि, तर्क, संवाद, सञ्चार र चलाखीको कारक मानिन्छ। असार ४ गते(१८ जुन) शनिबार यी दुई ग्रहको संयोग बन्दै छ। जसलाई ज्योतिषमा महालक्ष्मी योग भनिन्छ।
ज्योतिष शास्त्रको दृष्टिकोणले यो योगलाई निकै महत्वपूर्ण मानिन्छ। त्यसैले यो योगको प्रभाव सबै राशिहरुमा पर्नेछ। तर १२ मध्ये ३ राशिका जातकले यो योगको कारण विशेष धनलाभ प्राप्त गर्नेछन्।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिको दोश्रो स्थानमा लक्ष्मी नारायण योग बन्छ, जसलाई धन र वाणीको भाव भनिन्छ। त्यसैले यस अवधिमा आकस्मिक धन प्राप्तिको योग बन्नेछ। कारोबारमा लोभलाग्दो धनलाभ हुनेछ। लामो समयदेखि रोकिएको धन प्राप्त गर्नुहुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। कार्यक्षेत्रमा तपाईको वाणीले मानिसहरु प्रभावित हुनेछन्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

लक्ष्मी नारायण योग कुण्डलीको दशम भावमा बन्नेछ, जसलाई पेशा र कार्यक्षेत्रको भाव मानिन्छ। त्यसैले यस अवधिमा तपाईले नयाँ कामको प्रस्ताव प्राप्त गर्नुहुनेछ। व्यापारबाट राम्रो धनलाभ हुनेछ। जागिरमा तलब वृद्दि तथा बढुवा हुन् सक्छ। माता लक्ष्मीको कृपा पाउनुहुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

लक्ष्मी नारायण योग ११ औँ भावमा बन्नेछ, जसलाई आय र लाभको भाव भनिन्छ। त्यसैले यस अवधिमा तपाईको आम्दानीमा राम्रो वृद्धि हुनेछ। साथै आयका नयाँ श्रोतहरु फेला पर्नेछन्। व्यापारमा राम्रो धनलाभ हुनेछ। कारोबारमा ठूलो सम्झौता हुन् सक्छ, जसले भविष्यमा ठूलो लाभ दिनेछ। लक्ष्मी कृपालु हुनेछिन्।

