आउँदो १० महिना निकै शुभ रहन्छ यी ४ राशिलाई, बृहस्पतिले दिनेछ खुब लाभ !

बृहस्पति ग्रहलाई व्यक्तिको जीवनमा शिक्षा, ज्ञान, सन्तान, दाम्पत्य सुख र उन्नतिको कारक मानिन्छ। यो सबै नौ ग्रहहरू मध्ये सबैभन्दा शुभ ग्रह हो। भनिन्छ, जसको कुण्डलीमा यो ग्रहको स्थिति बलियो हुन्छ उसलाई धनी बन्नबाट कसैले रोक्न सक्दैन। यस ग्रहलाई आफ्नो राशि परिवर्तन गर्न करिब १ वर्ष लाग्छ। १३ अप्रिल २०२२ मा बृहस्पतिले आफ्नै राशि मीन राशिमा प्रवेश गरेको छ। जहाँ यो २२ अप्रिल २०२३ सम्म बस्नेछ। जान्नुहोस् कुन राशिका व्यक्तिहरूलाई यस अवधिमा नाफा कमाउने प्रशस्त अवसरहरू रहनेछ।

कन्या राशि 

यस अवधिमा पुराना विवाद समाधान हुने देखिन्छ। आर्थिक अवस्था पहिलेको भन्दा बलियो हुनेछ। अज्ञात स्रोतबाट धन आर्जन हुन सक्छ। यस अवधिमा यात्राबाट राम्रो आम्दानी गर्ने अवसर मिल्नेछ। समाजमा तपाईंको मान प्रतिष्ठा बढ्नेछ।

तुला राशि 

प्रतियोगी परीक्षाको तयारी गर्ने विद्यार्थीका लागि समय अनुकूल छ। सरकारी जागिर पाउने प्रबल सम्भावना छ। निजी काम गर्नेहरूले पनि विशेष लाभ प्राप्त गर्नेछन्। तलब वृद्धिको सम्भावना रहनेछ। उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध रहनेछ। व्यवसायीले पनि नाफा कमाउने मौका पाउनेछन्।

वृश्चिक राशि 

आकस्मिक धन लाभ प्राप्त गर्न सकिनेछ। एकभन्दा बढी स्रोतबाट धन आर्जनमा सफलता मिल्नेछ। व्यापार-व्यवसायमा धेरै प्रगति हुनेछ। समाजमा तपाईंको मान प्रतिष्ठा बढ्नेछ। वैदेशिक रोजगारीको इच्छा पुरा हुनसक्छ।

कुम्भ राशि 

आर्थिक अवस्था निकै राम्रो रहनेछ। कतैबाट रोकिएको धन प्राप्त हुन सक्छ। व्यापार व्यवसाय विस्तारको योजना बनाउन सकिनेछ। घर वा सवारी किन्ने सपना पूरा हुन सक्छ। नोकरीमा पदोन्नतिको सम्भावना छ।

प्रकाशित : मङ्गलबार, जेठ २४, २०७९१३:१५

आफ्नी श्रीमतीका लागि ज्यान दिन तयार हुन्छन् यी पुरुष, हुन्छन् बेस्ट हजबेन्ड !