एजेन्सी – फ्रेन्च युवा मिडफिल्डर औरेलियन चौआमेनी रियल जाने भएका छन्। विभिन्न क्लबहरुबाट प्रस्ताव मिलिरहेको भएपनि चौआमेनी रियल जन तयार भएका हुन्।
विभिन्न खेल मिडियाहरुका अनुसार रियल जान चौआमेनीले मौखिक रुपमा सहमति जनाइसकेका छन्। अब आधिकारिक रुपमा सम्झौता हुन मात्रै बाँकी रहेको छ। चौआमेनी रियल जान मौखिक रुपमा सहमत भएको ट्रान्सफर मार्केटका विश्वसनीय जानकार फाब्रिजियो रोमानोले समेत पुष्टि गरिसकेका छन्।
लिभरपुल र पेरिस सेन्ट जर्मेन(पिएसजी)को तर्फ बाट प्रस्ताव आएपनि चौआमेनी भने रियल जान तयार भएको उनको भनाई छ। उनका लागि सबै भन्दा पहिला लिभरपुलले सम्पर्क गरेको थियो। तर पछि उनलाई भित्र्याउने दौडमा रियल र पिएसजी पनि मिसिए।
चौआमेनीका लागि सबै भन्दा राम्रो प्रस्ताव पिएसजीले गरेको थियो। पिएसजी चौआमेनीका लागि रियल भन्दा धेरै रकम तिर्न तयार रहेको बताइन्छ। तर चौआमेनी पिएसजी भन्दा पनि रियल जान बढी इच्छुक देखिए।
द एथलेटिकका लागि रियलले १ सय मिलियन युरो भन्दा बढी रकम तिर्न पर्ने भएको छ। क्लब र खेलाडी बीच मौखिक सहमति भैसकेको र अब कागजी प्रक्रिया मात्रै बाँकी रहेको एथलेटिकको दावी छ। आउने केहि समयमै दुई पक्षले सम्झौतामा हस्ताक्षर गर्नेछन्।