झन्डै ६ महिना देखि यी खेलाडी माथि रहेछ लिभरपुलको नजर !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल भिल्लारियलका फरवार्ड अरनाउट डानजुमा नजिकबाट नियालिरहेको छ। क्लबमा केहि खेलाडी थप्ने योजनामा रहेको लिभरपुल डानजुमा भित्र्याउन इच्छुक देखिएको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार डानजुमालाई लिभरपुलले गत ट्रान्सफर विन्डो देखि नै नियालिरहेको छ। सबै राम्रो गएको खण्डमा डानजुमा समर ट्रान्सफर विन्डोमै लिभरपुल पुग्ने खेल मिडियाहरु बताउँछन्।

प्रशिक्षक योर्गेन क्लोप लिभरपुलमा योजना सहित अगाडी बढ्न खोजिरहेको बताइन्छ। उनी स्क्वाडमा विभिन्न परिवर्तन गर्न चाहिरहेका छन्। जसकारण उनी थप खेलाडी भित्र्याउने पक्षमा छन्। क्लोपकै अनुरोधमा लिभरपुलले डानजुमालाई नजिकबाट नियालिरहेको ट्रान्सफर मार्केटका जानकारहरुको भनाई छ।

डन्जुमा माथि लिभरपुलको नजर रहेको कुरालाई ट्रान्सफर मार्केटका विश्वसनीय जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि सकेका छन्। रोमानोका अनुसार भिल्लारियल र डानजुमाको सम्झौतामा रिलिज क्लजको व्यवस्था रहेको छ। सो रिलिज क्लज बराबर रकम तिरेर लिभरपुलले डानजुमालाई भित्र्याउन सक्छ।

लिभरपुलले डानजुमा भित्र्याउन ४५ मिलियन युरो तिर्नुपर्ने हुन्छ। जनवरी देखि नै डानजुमालाई नजिकबाट नियालिरहेका कारण लिभरपुलले उनलाई भित्र्याउन ठोस प्रस्ताव गर्न सक्ने रोमानोको भनाई छ।

प्रकाशित : बुधबार, जेठ २५, २०७९१४:१५

१० पल्ट जब मेस्सीले अर्जेन्टिनी जर्सीमा खेल्दा विपक्षीको हंश निकालीदिए !