जसपा बैठकमै कुटाकुट !

जनकपुरधाम । धनुषा जिल्लास्थित एक होटेलमा भइरहेको जनता समाजवादी पार्टीको निर्वाचनको समीक्षा बैठकमा नेताबीच कुटाकुट भएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रममा अन्तर्घातका कारण विभिन्न पालिकामा हारिएको भन्दै नेताहरू कुटाकुट गरेका हुन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

नामै किटेर आरोप प्रत्यारोप चल्न थालेपछि त्यहाँ कुटाकुट भएको हो । धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित होटेल बाबाको ढाबामा सो कुटाकुट भएको हो ।

सबैला नगरपालिकाका जसपा अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवल समूहको अन्तर्घातको आरोप लगाएका थिए । उनी सिटमा मात्र के बसेका थिए, यादवका समर्थकले उनीमाथि कुटपिट गरेका हुन् ।

कुटाकुट गर्नेलाई केहीबेरमै बाहिर निकालिएको र कोही पनि गम्भीर घाइते नभएको पार्टीका एक जना जिल्लास्तरीय नेताले बताएका छन् । कुटाकुटमा सिकिन्दरसिंह यादव, जितेन्द्र मुखिया र अवधकिशोर रविदासलाई चोट लागेको छ । तर, कार्यक्रमस्थलमा हातहतियार नभएकाले ठूलो चोट लाग्न नपाएको बताइएको छ ।

प्रकाशित : बिहिबार, जेठ २६, २०७९०७:२९

तानातानमा लोसपा, एक साथ तीनतिरबाट ‘अफर’ !