लुकाकुलाई लखेट्ने चेल्सीको योजना ! कहाँ पठाउन लागियो ?

एजेन्सी – गत समर ट्रान्सफर विन्डोको हाइलाइटमा बेल्जियन फरवार्ड रोमेलु लुकाकु थिए। इटालियन क्लब इन्टर मिलानलाई सिरी ‘ए’ दिलाएपछि लुकाकु नयाँ चुनौतीका लागि प्रिमियर लिग क्लब चेल्सी पुगे।

चेल्सी जानु अगाडी उनले सन् २०२०-२१ को सिजनमा इन्टर मिलनका लागि कुल ४४ खेल खेल्दा ३० गोल गरेका थिए। साथै उनको नाममा १० असिस्ट पनि थिए। सिरी ‘ए’मा मात्रै उनले २४ गोल गरेका थिए। उनी त्यसबेला सिरी ‘ए’कै उत्कृष्ट खेलाडी समेत घोषित भएका थिए।

इन्टरमा उच्च प्रदर्शन गरिरहेका लुकाकुलाई चेल्सीले धेरै अपेक्षा राखेर भित्र्याएको थियो। लुकाकुलाई चेल्सीको ९७ मिलियन पाउण्ड खर्च भएको थियो। तर लुकाकुले चेल्सीमा खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

सन् २०२१-२२ को सिजनभर उनी चेल्सीका लागि कुल ४४ खेल खेले। जसमा उनले १५ गोल गर्दा २ असिस्ट दिए। खासमा भन्नुपर्दा लुकाकुको चेल्सीमा प्रदर्शन धेरै नै फितलो रह्यो।

महँगो मूल्यमा किनेर ल्याएका लुकाकुले राम्रो प्रदर्शन गर्न नसक्दा चेल्सीलाई पर्न सम्म पिर परेको छ। चेल्सी यति बेला लुकाकुलाई बिक्री गर्ने अवस्थामा पुगेको छ। विभिन्न बेलायती मिडियाहरुका अनुसार खेइ घाटा खाएर भएपनि लुकाकुलाई बिक्री गर्ने चेल्सीको योजना छ।

इन्टर फिर्ता

त्यस्तै महँगो मूल्यमा लुकाकुलाई बिक्री गर्न कठिन हुने देखिएसँगै चेल्सी यति बेला लुकाकुलाई इन्टर मिलान फिर्ता गर्न सकिन्छ कि भन्ने विकल्प बारे पनि सोचिरहेको छ। प्रकाशमा आएअनुसार, लुकाकुलाई लोनमा भएपनि इन्टर मिलान पठाउने चेल्सीको योजना छ।

प्रकाशित : बिहिबार, जेठ २६, २०७९१०:२३

“मेस्सी बोल्दा अर्जेन्टिनाका राष्ट्रपतिले पनि सुन्नुपर्छ, चु गर्न सक्दैनन्”