शाहरुख खान जस्तो ‘बादशाह’ को उपाधि चाहदैनन् कार्तिक आर्यन, भन्छन् यस्तो

एजेन्सी : भूल भुलैया २(Bhool Bhulaiyaa 2) को सफलतासँगै कार्तिक आर्यनले बलिउडका दिग्गज कलाकारहरूमाझ आफ्नो लागि छुट्टै स्थान बनाएका छन् र आफ्नो स्टारडमको तागत प्रमाणित गरेका छन्। फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको बेला अभिनेताले बलिउडका बादशाहलगायत आफ्ना फ्यानहरूबाट लगातार प्रशंसा पाएका छन्।

‘भुल भुलैया २’ सफलताको श्रेय पक्कै पनि कार्तिकको अभूतपूर्व प्रदर्शनलाई दिन सकिन्छ, जसकारण उनले दर्शकको दिलमा एक विशेष स्थान बनाएका छन्। एक पछि अर्को गर्दै धेरै हिट फिल्महरु दिएपछि युवा सुपरस्टारलाई प्राय: तिनका प्रशंसकहरुले बलिउडको बादशाहको ताज दिन्छन्। विशेषत: तिनलाई शाहरुख खानसँग तुलना गरिन्छ।

भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्ताको क्रममा कार्तिकले भने, “मलाई बलिउडका बादशाह शाहरुख खानसँग तुलना गर्दा खुशी लाग्छ। तर म बादशाह शब्दलाई स्वीकार गर्न सक्दिन्। मैले अझैँ लामो यात्रा गर्न बाँकी छ, त्यसैले मलाई बादशाह भन्दा हतारो गरेजस्तो हुन्छ। म राजकुमार नै ठिक छु। म मजाक गरिरहेको छु। सोनु के टिटु की स्वीटी, प्यार का पञ्चनामा र भुल भुलैया २ पछि दर्शकले दिनुभएको प्रेम नै मलाई काफी छ।”

कार्तिक आर्यनको फिल्म ‘भुल भुलैया २’ ले भारतीय बक्स अफिसमा धूम मच्चाईरहेको छ। आगामी फिल्म शहजादा, क्याप्टेन इन्डिया, फ्रेडी र साजिद नाडियाडवालाको नयाँ फिल्ममा कार्तिक व्यस्त छन्।

प्रकाशित : बिहिबार, जेठ २६, २०७९११:५२

जस्टिन बिबरलाई लाग्यो खतरनाक रोग, अनुहारमा प्यारालाइसिस !