नेपालमा पब्जी बन्द गर्न माग !

काठमाडौँ – नेपालकी एक सांसदले अनलाइन गेम पब्जी बन्द गर्न सरकारसँग आग्रह गरेकी छन्। बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद दिल कुमारीले पब्जी बन्द गर्न माग गरेकी हुन्।

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्न माग गरिन्। पब्जीबाट युवा पुस्ता बिग्रिएको हुँदा सो गेमलाई बन्द गरिनुपर्ने सांसदको माग छ। शून्य समय उनले छिमेकी देशमा पनि पब्जी बन्द गरिएको उल्लेख गरिन्।

मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । लफलमा विषेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।

उनले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घटने बताए । सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे ।

सांसद कृष्णबहादुर राईले काठमाडौँ उपत्यकको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । अर्का सांंसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरे ।

प्रकाशित : बिहिबार, जेठ २६, २०७९११:५९

अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो !