“चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा किन ?”

काठमाडौँ – नेकपा एमालेका सांसद नारायण प्रसाद खतिवडाले नुवाकोटका जनतमाथि प्रहरी दमन भएको बताएका छन्। बिहिबार प्रतिनिधिसभाको बैठकमा फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतमाथि प्रहरी दमन भएको प्रति संसदको ध्यानाकर्षण गराएका हुन्।

बिहीबार प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै खतिवडाले स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको बताए।

“यही जेठ महिनाको २४ र २५ गते नुवाकोटको ककनी र धादिङको धुनिवेशीको बीचमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ। स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ।”,खतिवडाले भने।

खतिवडाले फोहोर व्यस्थापनको नाममा १७ वर्ष अगाडिदेखि नुवकोटमा भएको वेथितीलाई व्यस्थापन गर्न समेत आग्रह गरे। स्थानीय जनताको जायज माग सुनेर त्यो पुरा गरेर फोहोर व्यवस्थापन गर्न उनको आग्रह छ।

उनले भने,”फोहोर व्यस्थापनको नाममा १७ वर्ष अगाडिदेखि नुवकोटमा जुन वेथिती भएको छ त्यसको व्यस्थापन गरेर, स्थानीय जनताको जायज माग सुनेर त्यो पुरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था होस्।”

प्रकाशित : बिहिबार, जेठ २६, २०७९१२:१६

बालेनको अर्को गज्जबको निर्णय, तीन दिन भित्र लागू गराएर देखाइदिने !