स्विजरल्याण्डलाई तोरीका फूल देखाएर रोनाल्डो आज चेक गणतन्त्र विरुद्ध खेल्लान् ?

क्रिष्टियानो रोनाल्डोले बिहीबार, जुन ९ मा पोर्चुगलले युइएफए नेसन्स लिगको आफ्नो तेस्रो खेलमा चेक गणतन्त्रको स्वागत गर्दा सुरु गर्ने अपेक्षा गरिएको छ। स्विट्जरल्याण्डलाई ४-० ले पराजित गर्दै युरो २०१६ का विजेताहरू यस खेलमा उच्च आत्मविश्वासका साथ मैदानमा उत्रिनेछन्।

रोनाल्डोले स्विट्जरल्याण्ड विरुद्धको खेलमा निकै उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताको पहिलो खेलमा स्पेन विरुद्धको खेलमा बेन्चमा रहेर खेल सुरुवात गरेका रोनाल्डो दोस्रो खेलमा भने सुरुवाती ११ मा फर्किए र दुई पटक गोल गर्न पनि सफल भए। आफ्नो वर्तमान फर्मको आधारमा, रोनाल्डोले चेक गणतन्त्र विरुद्ध खेल्ने सम्भावना धेरै छ। पाँच पटकको ब्यालोन डी’ओर विजेता ओटाभियो र राफेल लिओसँग आक्रमणकारी तीनको भागको रूपमा साझेदारी हुनसक्छन्।

लिभरपुलका फरवार्ड डिओगो जोटाले स्विट्जरल्याण्ड विरुद्धको अघिल्लो खेलमा लेफ्ट विङ्गमा सुरुआत गरेका थिए र टोलीमा आफ्नो स्थान कायम राख्न सक्छन्। २५ वर्षीय फरवार्डले पछिल्लो पटक ४–० ले जित्दा क्रिस्टियानो रोनाल्डोलाई असिस्ट गरेका थिए। पोर्चुगलले युइएफए नेसन्स लिग अभियानमा राम्रो सुरुवात गरेको छ। सुरुका दुई खेलबाट चार अंक जोड्दै रोनाल्डोको टोली अहिले समूहको शीर्ष स्थानमा रहेको छ।

चेक गणतन्त्रले पनि आफ्नो पहिलो दुई खेलबाट चार अंक जोडेको छ। यद्यपि, पोर्चुगिज पक्षको तुलनामा कमजोर गोल अन्तरका कारण समूहमा दोस्रो स्थानमा छ। पोर्चुगलको दोस्रो युइएफए नेसन्स लिगको उपाधि खोजमा आजको खेलमा जित निकै महत्त्वपूर्ण हुनेछ। समूहको शीर्ष स्थानमा रहने टोली मात्र नेसन्स लिगको फाइनलमा पुग्नेछ।

प्रकाशित : बिहिबार, जेठ २६, २०७९१३:०१

ज्लाटान-“रोनाल्डो ट्रेनिङको उत्पादन हुन मेस्सी भगवानको, कसरी तुलना गर्न मिल्छ?”