अत्यन्त भाग्यमानी महिलाको शरीरमा मात्र हुन्छन् यस्ता निशान, तपाईंको शरीरमा पनि छ कि ?

एउटी भाग्यमानी, शिक्षित, संस्कारी महिलाले आफ्नो मात्र नभई आफूसँग आबद्ध परिवारको भाग्य र जीवन परिवर्तन गर्न सक्छिन्। बाबुको साथ होस् या श्रीमान्सँग, सबैतिर धेरै माया र सम्मान पाउँछिन्। यी महिलाहरुलाई जन्म देखि भाग्यशाली भन्न सकिन्छ। तपाईंको मनमा प्रश्न उठिरहेको हुनुपर्छ कि यस्ता भाग्यमानी युवती वा महिलालाई कसरी चिन्ने ? समुद्र शास्त्रमा यस्ता भाग्यमानी युवतीहरूलाई चिन्न सजिलो उपाय बताइएको छ।

यी हुन् भाग्यमानी महिलामा हुने निशान 

पैताला

समुन्द्रशास्त्रका अनुसार भाग्यमानी युवती वा महिलालाई तिनिहरुको पैतालाबाट चिन्न सकिन्छ। जसको खुट्टा धेरै नरम, रातो हुन्छ, उनीहरु लक्ष्मीको रुपमा हुन्छन्। यस्ता महिलाहरुको बास भएको घरमा धनको वर्षा हुन्छ। यसबाहेक कुनै महिलाको पैतालामा शंख, कमल वा चक्रको आकार भएमा उनीहरु उच्च पदमा पुग्छन्। नत्र यस्तो महिलाको पतिले उच्च पद पाउँछन्।

नाकमा कोठी 

यदि कुनै महिलाको नाकको वरिपरि कोठी छ भने यो सौभाग्यको संकेत हो। यस्ता महिलाले धेरै खुसी र समृद्ध जीवन बिताउँछन्।

नाभि नजिकै कोठी 

यदि महिलाको नाभिको वरिपरि कोठी छ भने यसले आफ्नो परिवारको भाग्य उज्यालो बनाउँछ। यस्ता महिलाको परिवारले भव्य र सम्मानजनक जीवन बिताउने गर्छ।

हिरणको जस्तो आँखा 

  जसका आँखा हिरणजस्तै सुन्दर हुन्छन् उनीहरु आफ्नो परिवारका लागि निकै भाग्यमानी साबित हुन्छन्। यस्तो परिवारमा मानिसहरु सधैं माया र खुशीको साथ बस्छन्। हिरणका जस्तै आँखाको कुना रातो भएमा परिवारमा पनि प्रशस्त धन सम्पत्ति हुन्छ।

प्रकाशित : बिहिबार, जेठ २६, २०७९१५:५०

जन्मजात नै धनको कुम्लो बोकेर जन्मिन्छन् यी ३ राशिका युवती, हुन्छन् लक्ष्मी समान !