लिभरपुलले नाकमुनिबाट लग्यो नुनेज, म्यानचेस्टर युनाइटेडको हाल ‘हिस्स बुढी हरिया दाँत’

लिभरपुलले आगामी दिनमा २२ वर्षीय बेन्फिका फरवार्ड डार्विन नुनेजलाई अनुबन्ध गर्ने तयारी गरेको छ। पोर्चुगिज समाचार आउटलेट ओ जोगोका अनुसार बेन्फिकाले रेड्सद्वारा प्रस्ताव गरिएको करिब ८५ मिलियन पाउण्डको बोली स्वीकार गरेको छ। £६८.५ मिलियनको प्रारम्भिक शुल्क सम्भावित रूपमा एड-अनहरूको साथ £ ८५ मिलियनको हुनेछ।

रेड्सका फ्यानहरूले नुनेजको हस्ताक्षरलाई ठूलो सफलताको रूपमा हेर्नेछन्। उरुग्वेयन फरवार्डको नाम लामो समयदेखि म्यानचेस्टर युनाइटेडसँग जोडिंदै आएपनि कथित रूपमा यस गर्मीमा मर्सीसाइडमा स्विच गर्ने पक्षमा रहेका थिए। र २२ वर्षीयाको माग पूरा हुने देखिन्छ। बेन्फिका स्टारले लिभरपुलमा के ल्याउने छ? यो एकदम सरल छ, गोल – र धेरै गोल। यो सिजन उनले प्रिमाइरा लिगा र च्याम्पियन्स लिगका ३८ खेलबाट ३२ गोल गरेका छन्।

नुनेज साडियो मानेको प्रत्यक्ष प्रतिस्थापनको रूपमा एनफिल्ड आइपुग्नेछन्। रेड्स दिग्गज माने यस गर्मीमा बायर्न म्युनिखमा सामेल हुने अनुमान गरिएको छ। तर जर्मन च्याम्पियनले सेनागल स्टारक लागि पर्याप्त अफर भनेर लिभरपुललाई पेश गर्न बाँकी नै रहेको छ। त्यसैले पनि अर्को सिजन जर्गन क्लोपले आफ्नो सुरुवाती ११ मा सलाह, माने र नुनेजको आक्रमण पङ्क्ति उतार्न पनि सक्छन्।

नुनेजको लागि चालले लिभरपूलको ट्रान्सफर विन्डोमा महत्वाकांक्षा देखाउँछ जसमा उनीहरूले ठूलो खर्च गर्नुपर्नेछ। म्यानचेस्टर सिटीले डर्टमन्डका फरवार्ड एर्लिङ हालान्डलाई अनुबन्ध गरेपछि, लिभरपुलले आफ्ना प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न पनि यस्तो ठूलो चाल आवश्यक रहेको थियो। रेड्स नयाँ मिडफिल्डरको पनि खोजीमा रहेको विश्वास गरिन्छ।

प्रकाशित : बिहिबार, जेठ २६, २०७९१७:३६

यी हुन् सन् २०१३ यता सबैभन्दा बढी गोलमा संलग हुने ५ सुपरस्टार खेलाडी, को नम्बर १ ?