काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं. २०७९ जेठ २७ गते शुक्रबार हो। शुक्रबार ज्येष्ठ शुक्लपक्षको एकादशी तिथि हो। जेठ २७ गते ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। शुक्रबारको दिन माता सन्तोषीलाई समर्पित हुन्छ। शुक्रबारको दिन माता सन्तोषीको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने मान्यता रहेको छ। शुक्रबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –
जेठ २७ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – शुक्रबार (Friday)।।। नक्षत्र – चित्रा , २४:१० बजे उप्रान्त स्वाती ।।। तिथि – एकादशी , २५:३६ बजे उप्रान्त द्वादशी ।।। करण – वणिज १४:१४ बजेदेखि भद्रा , २६:३६ बजे उप्रान्त कौलव ।।। योग – वरियान् , २०:४४ बजे उप्रान्त परिघ ।।। जेठ २७, २०७९, शुक्रबार ।।। १० जुन, सन् २०२२ ।।। एकादशी, ज्येष्ठ शुक्लपक्ष ।।। तछलाथ्व, ११४२ ने.सं. ।।।सूर्योदय(sunrise) – ५: ०९ ।।। सूर्यास्त(sunrise) – १८:५७ ।।। कार्यक्रमहरू : निर्जला एकादशी व्रत, तुलसी-बीज रोपण (तुलसीको दल राख्ने) ।।। शुभ साइत : – पसल खोल्ने साइत, घर सर्ने साइत, ब्रतबन्ध गर्ने साइत ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – कुनै अज्ञात डरले सताउन सक्छ। काममा कठिनाइको सामना गर्नु पर्नेछ। इच्छा विरुद्ध कुनै पनि अतिरिक्त जिम्मेवारी प्राप्त हुन सक्छ। मन अशान्त रहनेछ। धैर्यताको कमी हुनेछ। पारिवारिक जीवन कष्टकर हुनेछ। अति उत्साही हुनबाट बच्नुहोस्। अत्यधिक क्रोधबाट बच्नुहोस्। नोकरीमा उच्च अधिकारीसँग मतभेद बढ्न सक्छ। अभिभावकको सहयोग मिल्नेछ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – संयमित हुनुहोस् आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। अभिभावकको सहयोग मिल्नेछ । शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। कामको लागि यात्रामा जान सकिनेछ। खर्च बढ्नेछ। मनमा नकारात्मक विचारको प्रभाव पर्न सक्छ । मनमा क्रोध र असन्तुष्टिको भावना रहनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। कपडा तथा गरगहनाप्रति झुकाव बढ्नेछ । स्वास्थ्यको ख्याल गर्नु होला।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – धैर्य गर्ने प्रयास गर्नुहोस्। जागिर परिवर्तनको अवसर मिल्न सक्छ । उच्च पद प्राप्त गर्न सकिनेछ । मन अशान्त रहनेछ। पारिवारिक जीवन कष्टकर हुनेछ। साथीभाइको सहयोगमा व्यापार सुरु गर्न सकिनेछ । कामको चाप बढी हुनेछ । उन्नतिको अवसर मिल्नेछ । सवारी साधनको सुख कम हुनेछ । तनावबाट टाढा रहनुहोस्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। लेखन तथा बौद्धिक कार्यमा संलग्नता बढ्नेछ । कामको चाप बढी हुनेछ । मान-सम्मान मिल्नेछ। आत्मविश्वास बढ्नेछ। सन्तानको स्वास्थ्यमा चिन्तित रहनेछ । काममा बाधा आउनेछ । पारिवारिक जीवन कष्टकर हुनेछ। संवादको क्रममा सन्तुलित हुनुहोस्। व्यापार व्यवसायमा थप मिहिनेत हुनेछ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – मन विचलित हुन सक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्। व्यापारमा वृद्धि हुनसक्छ । बुवाको सहयोग मिल्नेछ । लाभको अवसर मिल्नेछ । जीवन कष्टदायी हुन सक्छ। संयमित हुनुहोस् अत्यधिक क्रोधबाट बच्नुहोस्। जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारमा आपसी मतभेद हुनेछ। खर्च धेरै हुनेछ। रोकिएको पैसा प्राप्त हुनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – धैर्य गर्ने प्रयास गर्नुहोस्। जागिरमा कार्यभार बढेसँगै स्थान परिवर्तनको सम्भावना छ । राजनीतिज्ञसँग भेटघाट हुनसक्छ । व्यापारमा कठिनाइ आउन सक्छ। मनमा शान्ती रहनेछ तर भावनालाई नियन्त्रणमा राख्नुहोस्। कार्यस्थलमा प्रतिकूल परिस्थितिको सामना गर्नु पर्नेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – व्यापारमा परिवर्तनको सम्भावना छ । अहिले आम्दानीमा कमी र खर्च बढीको अवस्था आउन सक्छ। जीवन अस्तव्यस्त हुनेछ। साथीभाइको सहयोग मिल्न सक्छ । मनमा नकारात्मकताको प्रभाव रहनेछ । परिवारमा धार्मिक कार्य हुनसक्छ। मन अशान्त रहनेछ। आत्मविश्वासको कमी रहनेछ । नोकरीमा अधिकारीसँग मतभेद बढ्न सक्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – अनावश्यक क्रोध र विवादबाट टाढा रहनुहोस्। शैक्षिक वा बौद्धिक कार्यमा सफलता मिल्नेछ। मान सम्मान मिल्नेछ । धन प्राप्त हुनेछ। मन अशान्त रहनेछ। जीवनसाथीसँग वैचारिक मतभेद हुन सक्छ। जागिरको लागि प्रतिस्पर्धात्मक परीक्षा र अन्तर्वार्तामा सफलता मिल्नेछ। कार्यको दायरा फराकिलो हुनेछ । प्रगतिको बाटो खुल्नेछ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। परिवारमा अनावश्यक विवादबाट टाढा रहनुहोस्। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला । खर्च बढी हुनेछ । स्वास्थ्यप्रति सचेत रहनुहोला । मनमा शान्ती रहनेछ तर कुराकानीमा संयमित हुनुहोस्। व्यापारमा लाभको अवसर मिल्नेछ । स्वास्थ्यमा पनि सचेत हुनुहोस्। आम्दानीमा कठिनाइ आउन सक्छ। शैक्षिक कार्यमा सफलता मिल्ने सम्भावना छ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – मनको शान्तिको लागि प्रयास गर्नुहोस्। व्यवसाय विस्तारमा दाजुभाइको सहयोग मिल्नेछ । आम्दानी बढ्नेछ र खर्चमा कमी आउन सक्छ। स्वास्थ्यको ख्याल गर्नु होला। कुराकानीमा धैर्य राख्नुहोस्। बोलीको प्रभाव बढ्नेछ। रोकिएका काम पुरा हुनेछन् । कार्यस्थलमा व्यस्तता बढ्नेछ । साथीभाइसँग मतभेद हुनसक्छ । पुरानो साथीसँग भेटघाट हुनसक्छ । व्यापारमा सुधार आउनेछ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – संयमित हुनुहोस् अनावश्यक क्रोध र विवादबाट टाढा रहनुहोस्। जीवन अवस्था पीडादायी हुन सक्छ। साथीभाइको सहयोगले आम्दानीको नयाँ स्रोत भेटिन सक्छ । धैर्यताको कमी हुनेछ। पारिवारिक जीवन कष्टकर हुनेछ। मनमा शान्ति मिल्नेछ। अत्याधिक खर्चले सताउन सक्छ । अभिभावकबाट आर्थिक सहयोग प्राप्त गर्न सकिनेछ । स्वास्थ्यको ख्याल गर्नु होला।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –शैक्षिक कार्यमा मान सम्मान मिल्नेछ । साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। धन प्राप्त हुनेछ। श्रम बढी हुनेछ । काममा कठिनाइको सामना गर्नु पर्नेछ। धैर्यताको कमी हुनेछ। स्वभावमा रिस उठ्न सक्छ । पिताको साथ र सहयोग मिल्नेछ। काममा परिवर्तन सम्भव छ।