आज निर्जला एकादशीको दिन यी ५ राशिलाई रहने अत्यन्त शुभ, रहने माता लक्ष्मीको विशेष कृपा !

जेठ २७ गते अर्थात् आज निर्जला एकादशीको व्रत परेको छ। यस दिन भगवान विष्णु र माता लक्ष्मीको पूजा गरिन्छ। साथै आज शुक्रवार पनि हो। शुक्रबारको दिन लक्ष्मीको पूजा गर्ने र यस दिन लक्ष्मीको पूजा गर्नाले विशेष फल प्राप्त हुन्छ। यस्तो अवस्थामा जेठ २७ गते शुक्रबार बनेको यो संयोग ५ राशिका मानिसका लागि निकै शुभ साबित हुने भएको छ। आज यी व्यक्तिहरुसँग माता लक्ष्मी प्रसन्‍न हुनुहुनेछ र धन सम्पति हुनेछ। जान्नुहोस् आजका भाग्यशाली राशिहरु कुन-कुन हुन् ?

वृष राशि 

वृष राशिका व्यक्तिहरूले आज नयाँ कामको प्रस्ताव वा पदोन्नति पाउन सक्नेछन्। सरकारी-प्रशासनसँग सम्बन्धित कुनै काम पूरा हुनसक्छ। धन लाभ मिल्नेछ। जीवनमा सुख सुविधा बढ्नेछ।

कन्या राशि 

कन्या राशीका व्यक्तिले आफ्नो काममा बढुवा पाउन सक्छन्। जसको बढुवा लामो समयदेखि रोकिएको थियो, अब हुनसक्ने सम्भावना छ। आम्दानी बढ्नेछ। आमाको सहयोगले कुनै पनि काम पूरा गर्न सकिनेछ।

तुला राशि 

कार्यस्थलमा उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ। जसको फाइदा छिट्टै पाउनुहुनेछ। मिहिनेत गरे त्यसको उत्कृष्ट फल अवश्य मिल्नेछ। मिहिनेत गर, फल अवश्य मिल्नेछ। साझेदारको सहयोगले कुनै पनि काम सहजै बन्न सक्छ।

वृश्चिक राशि 

वृश्चिक राशिका व्यक्तिहरूले ठूलो उपलब्धि हात पार्न सक्नेछन्। पदोन्नति तथा तलब वृद्धिको प्रबल सम्भावना छ। काममा सफलता मिल्नेछ, आत्मविश्वास बढ्नेछ। आकस्मिक धन लाभ हुनेछ।

धनु राशि 

काममा परिवर्तन आउन सक्छ। नयाँ कामको प्रस्ताव प्राप्त गर्न सकिनेछ। आम्दानी बढ्न सक्छ। खर्च बढे पनि आम्दानी बढेकोमा खुसी बढ्नेछ। घरमा कुनै धार्मिक कार्य हुनसक्छ।

प्रकाशित : शुक्रबार, जेठ २७, २०७९११:२८

आज निर्जला एकादशीबाट चम्किनेछ यी ५ राशिका किस्मत, भगवान विष्णु र माता लक्ष्मीको रहनेछ विशेष कृपा