हालाण्डको समेत केहि लागेन, चट्टान सावित भए जान ओब्लाक !

एजेन्सी – बिहिबार राति युवा स्टार एर्लिङ हालाण्ड सम्मिलित नर्वे स्लोभेनियासँग बराबरीमा रोकियो। स्लोभेनिया १० खेलाडीमा समेटिएपछि नर्वेले त्यसको फाइदा उठाउन सकेन।

खेलभर नर्वेका फरवार्डहरुले दबाव बनाएपनि स्लोभेनियाका गोल रक्षक बाधक बन्दा नर्वे बराबरीमै रोकिन पुग्यो। खेलभर दुवै टोलीबाट एक गोल पनि हुन सकेन। खेलभर बलमा नर्वेले नियन्त्रण राखेको थियो।

बलमा नर्वेको ६० प्रतिशत नियन्त्रण थियो। खेलभर नर्वेको तर्फबाट कुल १८ प्रहार भएका थिए। जसमध्ये ५ प्रहार टार्गेटमा थिए। त्यस्तै स्लोभेनियाको तर्फबाट भने मात्रै ८ प्रहार भएका थिए। जसमध्ये ३ प्रहार टार्गेटमा थिए।

खेलको ६३ औं मिनेटमा स्लोभेनियाका मिहा ब्लाजिक रेड कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए। त्यसपछि पनि नर्वेले आफ्नो आक्रमणलाई तिब्र बनायो। तर स्लोभेनियाको डिफेन्स र गोलरक्षक बाधक बनिरहे। नर्वेका हालाण्ड र जोशुआ किङले निरन्तर स्लोभेनियाको गोल गर्न प्रयास गरेपनि गोलरक्षक जान ओब्लाक ‘वाल’ सावित भए।

स्लोभेनियासँग बराबरी खेलेपनि नर्वे नेसन्स लिगको समूह चरणको शिर्ष स्थानमा छ। लिग बिको ग्रुप ४ मा रहेको नर्वेले खेलेका तीन खेल मध्ये २ खेलमा जित निकालेको छ।

प्रकाशित : शुक्रबार, जेठ २७, २०७९११:५५

एम्बाप्पे र क्याम्पोस: दुबैले म्याड्रिडलाई लोप्पा खुवाएर रोजे पीएसजीको कच्ची बाटो !