गाभिलाई बार्सिलोनाले भन्दा साढे ७ गुणा पैसा दिन तयार लिभरपुल !

लिभरपुल बार्सिलोनाका मिडफिल्डर गाभि यस गर्मीमा एनफिल्डमा सामेल भएमा प्रति वर्ष £७.६ मिलियन तिर्न तयार छ, एक्सप्रेसका अनुसार प्रति हप्ता £ १४७,००० बराबर।

च्याम्पियन्स लिग र प्रिमियर लिग दुबै प्रतियोगितामा हार्टब्रेक पछि, रेडहरू यस गर्मीको ट्रान्सफर बजारमा सक्रिय हुन तयार छन् र ‘अन्तिम पुनर्निर्माण’ हासिल गर्न खोजिरहेका छन्। यस सिजन क्याटालान क्लबबाट ४७ खेल खेलेका बार्सिलोनाका वन्डरकिड गाभिलाई मर्सीसाइड क्लबका लागि पर्फेक्ट अनुबन्ध हुनसक्छन्।

एक ला मासिया उत्पादन, उनी युरोपको शीर्ष भविष्य स्टारहरु मध्ये एक हुन्, उनको सुरुचिपूर्ण शैलीले बार्सिलोनामा गाभिभन्दा अगाडि आएका महान खेलाडीहरुको सम्झना दिलाउँछ। केवल १७ को उमेरमा, स्पेनियार्ड पहिले नै जाभी र इनिएस्टा जस्ता दिग्गज खेलाडीसँगग तुलना गर्न थालिएको छ।

नबी केइटाको सम्भावित प्रस्थानले मिडफिल्ड स्थान पुक्त गर्नको लागि लिभरपुल बजारमा निकै आक्रमण तरिकाले उत्रिन सक्छ। र गाभि उनीहरुको प्रमुख लक्ष्य रहेका छन्। बार्सिलोना गभिलाई क्लबमा राख्न इच्छुक छ, र भर्खरै उनलाई राख्नको लागि नयाँ सम्झौताको लागि वार्ता सुरु गरेको छ। चाखलाग्दो कुरा के छ भने, उनको हालको सम्झौतामा £ ४२.५ मिलियनको रिलीज क्लज समावेश गरिएको छ, जुन लिभरपुलले तिर्न संघर्ष कतै गर्ने छैन।

बार्सिलोनामा हाल १ मिलियन प्रति वर्ष कमाउँदै आएका स्पेनिस मिडफिल्डरले प्रिमियर लिग क्लबमा हालको भन्दा सात गुणा पैसा कमाउने मौका प्राप्त गर्नेछन्। विभिन्न रिपोर्टहरुका अनुसार बार्सिलोनाले हालै मात्र प्रस्ताव गरेको अफरमा पनि मात्र २ मिलियन प्रति वर्षको पारिश्रमिक अफर गरेको छ भने गाभि बार्सिलोनाको तर्फबाट त्यसको दोब्बर पारिश्रमिक चाहन्छन्।

प्रकाशित : शुक्रबार, जेठ २७, २०७९१६:३५

रोनाल्डोकै पूर्व टिममेट भन्छन्-“रोनाल्डो उत्कृष्ट हुन्, तर मेस्सी सर्वोत्कृष्ट”