यो विश्वास गरिन्छ कि तपाईले प्राप्त गर्नुहुने हरेक अशुभ फलको पछाडि तपाईको कर्म वा खराब बानी तपाईको भाग्य भन्दा बढी दोष हुन्छ। आउनुहोस् जान्नुहोस् ज्योतिष शास्त्र अनुसार कस्ता खराब बानी छन् जसले तपाईको जीवनबाट तथा तपाईको धर बाट नै माता लक्ष्मी रिसाएर छोडेर जानेछिन् ।
खुट्टा घिसारेर हिड्ने : तपाईले देख्नु भएको होला कि कतिपय मानिसहरू कुनै शारीरिक समस्या नभए पनि भुइँमा खुट्टा घिसारेर हिड्ने बानी हुन्छ। तर ज्योतिषमा यसलाई एकदमै गलत बानी मानिन्छ । यसले तपाईको वैवाहिक जीवनमा नकारात्मक प्रभाव पार्छ र आपसी मनमुटाव निम्त्याउन सक्छ।
भान्साकोठामा छरिएका सामानः ज्योतिष शास्त्रका अनुसार प्रायः घरको भान्सामा सामान छरपस्ट हुने गर्दछ, भाँडाकुँडा वा मसलाका भाँडाहरू छरिएका छन् भने त्यसलाई आर्थिक नोक्सानको कारण मानिन्छ । भान्साकोठामा अस्तव्यस्तताका कारण खल्तीमा पैसा टिक्दैन र अनावश्यक खर्च बढ्न थाल्छ भन्ने विश्वास गरिन्छ ।
नङ टोक्ने बानी : कसै-कसैलाई अनावश्यक रूपमा नङ टोक्ने बानी हुन्छ। ज्योतिषीहरुका अनुसार नङ चपाउँदा तपाईको कुण्डलीमा सूर्य ग्रहको स्थिति कमजोर हुन्छ, जसले व्यक्तिको इज्जत, स्वास्थ्य र कर्ममा गलत प्रभाव पार्छ।
आफ्नो बसोबास गरेको वरपर फोहोर गर्ने मानिस : ज्योतिष शास्त्रले घर वा वरपर फोहोर राख्दा जीवनमा शुभ परिणाममा भन्दा पनि नकारात्मक असर पर्ने विश्वास छ । जसका कारण जीवनमा सुख-समृद्धि कायम राख्न आफ्नो वरपर सधैं सरसफाई राख्नुपर्छ। साथै, जुन घरमा सरसफाईको ख्याल हुँदैन, त्यहाँ माता लक्ष्मीको पनि वास हुँदैन भन्ने मान्यता छ ।

