साप्ताहिक राशिफल : यो हप्ता भगवान शिवको कृपाले ४ राशिको हुनेछ भाग्योदय, दोगुणा बढ्नेछ खुशी

♦ ज्योतिषाचार्य दामोदरनाथ लोहनी … साताको राशिफल : – जेठ २८ देखि असार ३ गतेसम्मको राशिफल ••• साता चाड : – २९ गते प्रदोष व्रत । ३१ गते पूर्णिमा व्रत, मष्ट पूर्णिमा, गैडु पूजा, (ज्या पुन्हि) । १ गते आषाढ सङ्क्रान्ति ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

साता मध्यम खालको छ । एकातिर बढी खर्च हुनाले मन आत्तिएला भने अर्कातिर व्यापारसम्बन्धी काममा सफलता पाउनाले उत्साह बढ्ला । नयाँ काम हातमा पर्ने सम्भावना देखिन्छ । गणेशको सेवा गर्नाले बढेको खर्चमा नियन्त्रण होला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

शनिबारको दिन त्यति राम्रो छैन । बेकारका वादविवाद पर्न सक्छन् । आइतबारदेखि मङ्गलबारसम्म अनुकूल परिस्थिति प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा राम्रो प्रगति होला । मित्रको सहयोगले समेत महìवपूर्ण काम बन्न सक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

खर्चलाई नियन्त्रण गर्न सकिनेछ । आन्तरिक व्यापारभन्दा वैदेशिक व्यापारले फाइदा देला । यात्राको सम्भावना प्रचुर छ । नजिकका नातेदारभन्दा टाढाका मित्रले मद्दत दिनेछन् । नोकरीबाट त सतुष्टि देखिन्न तर शिक्षाको क्षेत्रमा भने राम्रै उपलब्धि हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

स्वास्थ्यसम्बन्धी समस्या परेर आर्थिक हानि हुनसक्छ । मनमा खिन्नता बढिरहला । आँटेका काममा समेत विलम्ब होला जस्तो छ । केही काम त बन्नेछन् तर पूर्ण सन्तोष भने पाइने छैन । देवीको आराधना नगरीकन परिवारबाट गतिलो सहयोग पाउन सक्नुहुने छैन।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

साताको मध्य भागमा स्वास्थ्यसम्बन्धी समस्या परे पनि खराब खालको समय होइन । धेरै काम बन्नेछन् । मानसिक तनाव हुँदाहुँदै पनि उत्साह त्यति घट्ला जस्तो छैन । मद्दत दिने मित्रको सङ्ख्या भने सीमित मात्र छ । पढाइमा बाधा आइरहला ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

असल काम गर्ने प्रवृत्ति जाग्ला भने गरेका काम बन्ने पनि छन् । व्यावसायिक क्षेत्रमा आएको बाधा हटेर जाला । केही नयाँ कामसमेत हात पर्ने सम्भावना छ । पढाइ र लेखाइ मध्यम खालको रहला । नोकरीको क्षेत्रमा खास बाधा आउने स्थिति छैन।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सुरुकै दिनमा भोजभतेर पर्नेछन् भने इष्टमित्रसँग पनि भेटघाट भइरहला तर पारिवारिक सन्तोष भने हुने देखिन्न । देवीको आराधना नगरीकन परिवारबाट गतिलो सहयोग पाउन सक्नुहुने छैन । जागिरमा समेत जति सन्तोष हुनु पर्ने हो, त्यति देखिन्न ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

शनिबारको दिनमा बढी खर्च होला तर आइतबारदेखिका दिन राम्रा खालका छन् । रमाइलो गर्नतिर मनको प्रवृत्ति जाला । ठोस काम नभए पनि समय त्यति खेर फाल्नुहुने छैन । कूटनीतिक बुद्धि भने हाल त्यति देखिन्न । स्वास्थ्यको स्थिति मध्यम मात्र रहला।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

खर्च बढिरहला । यात्रा हुने सम्भावना प्रबल छ भने यात्राकै लागि पनि खर्च भइरहला । पढाइमा पूरा ध्यान त जाने छैन तर शून्यता पनि देखिन्न । स्वास्थ्यको स्थिति हाल मध्यम खालको छ । पारिवारिक सन्तोष सीमित मात्र होला । विवाहसम्बन्धी कुरामा बाधा आउला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

महìवपूर्ण व्यक्तिसँग भेटघाट हुने र उनीहरूलाई प्रभावसमेत पार्नुहुनेछ । विद्यार्थी वर्गका लागि उत्साहजनक समय छ । व्यापारीले समेत राम्रो उपलब्धि गर्न सक्छन् । जागिरमा लागेकाका लागि भने पूर्ण उत्साह आउला जस्तो देखिन्न।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । असल काम गर्नतिर मन जाला भने गरेका काम बन्ने पनि छन् । मानप्रतिष्ठामा आएको ह्रास घट्न जाला । बौद्धिक स्थिति कमजोर खालको छैन । तपाईंको विचारबाट धेरै मानिस प्रभावित हुन सक्छन्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

सुरुको दिन त्यति राम्रो देखिन्न। त्यसैले शनिबार महत्वपूर्ण कामबाट आफूलाई अलग राख्नुहोस्। आइतबारदेखिका दिन राम्रा खालका छन्। धार्मिक एवं कल्याणकारी काम तपाईंबाट हुनसक्छ। सम्मान र प्रतिष्ठामा भने ठूलो उपलब्धि हुनेछैन।

प्रकाशित : शनिबार, जेठ २८, २०७९०९:३५

बुध आफ्नो प्रिय राशि मिथुनमा : यी ५ राशिको चम्किनेछ भाग्य, बन्नेछन् मालामाल