एजेन्सी – अभिनेता अक्षय कुमारको फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा नराम्ररी पछारिएको छ। ठूलो बजेटमा तयार भएको चलचित्र एक सातामै पछारिएको हो।
रिलिजको पहिलो दिनदेखि नै दर्शकलाई निराश बनाउदै आएको चलचित्र ३०० करोड भन्दा बढीको लगानीमा तयार भएको थियो। फिल्मले बक्सअफिसमा अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकेन।
चलचित्रले दोस्रो शुक्रबार समेत दर्शकको साथ पाउन सकेन। चलचित्रले शुक्रबार सम्म ६० करोड भारतीय रुपैंयाँको व्यापार समर गर्न सकेन। चलचित्र गत शुक्रबार रिलिज भएको थियो। चलचित्रको कमाई करिब ८१ प्रतिशतले गिरावट आइसकेको भारतीय मिडियाहरु बताउँछन्।
चलचित्रले आठौँ दिन शुक्रबार १.८५ देखि २ करोड रुपैयाँसम्म मात्रै कमाई गर्न सक्यो। शुक्रबार सम्म फिल्मको कलेक्सन ५७ करोड मात्रै भएको बताइएको छ।
कम्जोर प्रदर्शन पछि धेरै जस्तो चलचित्र हलहरुबाट चलचित्र उत्रिसकेको छ। सँगै रिलिज भएका कमल हसनको ‘विक्रम’ र अदिवी शेषको फिल्म ‘मेजर’ले भने बक्स अफिसमा धेरै राम्रो गरिरहेका छन्।
यस अगाडी अक्षयको ‘बच्चन पाण्डे’ रिलिज भएको थियो। सो चलचित्रले पनि बक्स अफिसमा कमाल गर्न सकेको थिएन। सो चलचित्र पूर्वरुपले फ्लप भएको थियो।