काठमाडौँ : सामान्यतया बुध ग्रहलाई एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्न करिब २३ दिनको समय लाग्छ। तर यसपटक बुधले ६८ दिनपछि आफ्नो राशि परिवर्तन गर्न लागेको छ। गत बैशाख १२ गते(अप्रिल २५ तारिख) सोमबारदेखि बुध वृष राशिमा गोचर गरिरहेको छ र अब आउँदो असार १८ गते(जुलाई २ तारिख) शनिबार आफ्नो स्वराशि मिथुनमा प्रवेश गर्नेछ। जहाँ यो साउन १ गते(जुलाई १७ तारिख) सम्म विराजमान रहनेछ। बुधको यस राशिमा उपस्थितिले कुन-कुन राशिका मानिसको भाग्य चम्किन्छ त ?
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

अध्ययनमा सफलता मिल्नेछ। करियरमा शुभ फल मिल्नेछ र पदोन्नतिको अवसर पनि मिल्नेछ। परिवारबाट पूर्ण सहयोग मिल्नेछ। धन-धान्यमा वृद्धि हुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आर्थिक लाभको प्रबल सम्भावना छ। व्यापारी तथा व्यवसायीहरुले पनि धनलाभको अपेक्षा गर्नेछन्। स्वास्थ्य राम्रो रहनेछ। यात्राबाट राम्रो आम्दानी गर्न सकिनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

लगानीका लागि समय अनुकूल रहनेछ। स्वास्थ्य उत्तम रहनेछ। कार्यस्थलमा तपाईको कामको उच्च प्रशंसा हुनेछ। परिश्रमको शुभ फल मिल्नेछ। नयाँ साथी बनाउनुहुनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सरकारी जागिरको तयारी गर्नेहरूका लागि समय अनुकूल छ। करियरमा अपार सफलता मिल्ने सम्भावना छ। लगानीबाट राम्रो आम्दानी गर्न सकिनेछ। धन आर्जनको बाटो खुल्नेछन्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

नोकरी तथा व्यवसाय गर्नेहरुका लागि समय अनुकुल रहेको छ। करियरमा प्रगति देखिनेछ। कार्यस्थलमा तपाईको प्रतिष्ठा बढ्नेछ। तलब बढ्ने सम्भावना पनि छ।

