काठमाडौँ – त्रिशुली थ्री ए जलविद्युत आयोजना ६ घण्टा भन्दा बढी समय देखि पूर्णरुपमा बन्द भएको छ। नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि त्रिशुली थ्री ए जलविद्युत आयोजना पूर्णरुपमा बन्द भएको हो।
ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। पोल चढेर तारमा झुन्डिएका ती व्यक्तिको मानसिक अवस्था कमजोर भएको आशंका गरिएको छ।
प्रहरीले ती व्यक्तिलाई फकाउने प्रयास गरिरहेपनि सफल हुन सकिरहेको छैन। पोलमा चढ्ने उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक रहेको बताइन्छ।
अहिले ७० मेगावाट विद्युत प्रशारण अवरुद्ध भएको छ। काठमाडौँ आउने र भारत पठाइने राष्ट्रिय प्रशारण लाइनमै ती व्यक्ति चढेका कारण समस्या पैसा भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्रत्येक घण्टा १० लाखका डरले घाटा भइरहेको प्राधिकरणको भनाई छ।