काठमाडौँ – नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार भएको छ। हाइटेन्सन लाइनमा चढेका प्रेम बिक (माइला) लाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार हो।
माइलालाई भर्खरै उद्धार गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। साँझ ७ बजेपछि नेपाली सनोको टोलीले सकुसल उद्धार गरेर जमिनमा उतारेको बताइएको छ।
उद्धार गरिएका उनी शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका थिए। उनको मानसिक अवस्था कमजोर भएको आशंका गरिएको छ। प्रहरीले ती व्यक्तिलाई फकाउने प्रयास गरेपनि उनी तल झार्न मानिरहेका थिएनन्।
प्रहरी र स्थानीयले गरेको पप्रयास सफल हुन नसकेपछि हेलिकोप्टर सहित नेपाली सेनालाई बोलाइएको थियो। हेलिकोप्टरमा गएका तीनजना सैनिकले उनलाई फकाएर तारबाट निकालेर हेलिकोप्टरमा चढाएका थिए।