ह्वात्तै बढ्यो सुनको मूल्य, सुन ४४ दिनकै महँगो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। गत साता सामान्य घटबढ मात्र भएको सुनको मूल्य नयाँ साताकै पहिलो दिन ह्वात्तै बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९९ हजार २ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार ५ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९८ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

आज कायम भएको सुनको मूल्य जेठ महिनाकै महँगो रहेको छ। जेठ महिनामा आजको जति महँगो कहिल्यै पनि भएको थिएन। यस अगाडी जेठ महिनामा छापावाला सबै भन्दा महँगो ९८ हजार ५ सय र तेजाबी सुन ९८ हजार रुपैंयाँ सम्ममा कारोबार भएको थियो।

आज कायम भएको सुनको मूल्य जेठ महिना मात्र नभई वैशाख १६ गते अर्थात ४४ दिनकै उच्च रहेको छ। त्यसदिन पनि सुन आजकै मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य रु १५ ले बढेर नेपाली बजारमा १ हजार २ सय ८० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, जेठ २९, २०७९१२:०५

वाचक र पण्डित बन्दै बेसाहारा किशोरीहरु !