आइतबारको दिन गर्नुहोस् यस्ता कार्य, सूर्यदेवको कृपाले चम्किनेछ तपाईंको भाग्य !

हिन्दू धर्ममा, हरेक दिन कुनै न कुनै देवतालाई समर्पित गरिन्छ। आइतबार सूर्य देवताको उपासना गर्ने दिन हो। यस दिन भक्तहरूले साँचो हृदयले पूजा आराधना, व्रत आदि राखेर सूर्यदेवको कृपा प्राप्त गर्छन् भने अर्कातर्फ सूर्यदेवको नियमित पूजा गर्नाले भक्तजनको जीवनमा कुनै समस्या आउँदैन। साथै, व्यक्तिको भाग्य सूर्यको चमक जस्तै चम्कन्छ।

कुनै पनि व्यक्तिको कुण्डलीमा कमजोर सूर्यलाई बलियो बनाउने केही उपाय बताइन्छ। सूर्यलाई करियर, इज्जत, प्रतिष्ठा, नाम, बुद्धिको कारक मानिन्छ। सूर्यलाई बलियो बनाउँदा मानिसको करियर छिट्टै अगाडी बढ्छ। आइतबारको दिन कुन-कुन काम गर्ने र कुन काम गर्न नहुने बारे जान्नुहोस्।

आइतबारको दिन गर्नुहोस् यस्ता कार्य 

सूर्य देवतालाई नियमित रूपमा अर्घ दिन भनिन्छ। प्रत्येक दिन नुहाएपछि तामाको कलशमा जल, अक्षता, फूल र रोली हालेर सूर्यदेवलाई अर्घ दिनुहोस्। यदि तपाईं यो नियमित गर्न सक्नुहुन्न भने, आइतबार अवश्य अर्घ्य दिनुहोस्। ज्योतिषशास्त्रका अनुसार सूर्यदेवको कृपा प्राप्त गर्न र कुण्डलीमा सूर्यलाई बलियो बनाउन आइतबारको व्रत बस्नुहोस्। आइतबारको साथमा सूर्य देवको मन्त्रको नियमित जप गर्नाले सूर्यदेव प्रसन्न हुन्छन्। सूर्यदेवको आशीर्वाद प्राप्त गर्न तामाको ब्रेसलेट धारण गर्नुहोस्। पुरुषहरूले दाहिने हातमा र महिलाहरूले देब्रे हातमा लगाउनु पर्छ।  सूर्यलाई पिताको कारक मानिन्छ। त्यसैले सूर्यदेवको आशीर्वाद पाउनको लागि बाबाको आदर गर्नुपर्छ।

आइतबारको दिन नगर्नुहोस् यस्ता कार्य 

आइतबार व्रत बस्नेले यस दिन नुन खानु हुँदैन। बिरामी मानिसले भने नुन सेवन गर्न सक्छन्। यस दिन कालो, नीलो, खैरो, रङको कपडा नलगाउनुहोस्। यसले व्यक्तिको जीवनमा नराम्रो प्रभाव पार्छ। यस दिन कुनै पनि तामाको वस्तु बिक्री नगर्नुहोस्। यस दिन तामा बेच्दा मानिसको जीवनमा नकारात्मक असर पर्ने जनविश्वास रहेको छ। यस दिन सूर्यदेवको पूजा गर्ने व्यक्तिले कपाल काट्नु हुँदैन। साथै, मासु र रक्सीबाट टाढा रहनुहोस्।

प्रकाशित : आइतबार, जेठ २९, २०७९१२:५२

सामान्य जौका यस्ता उपायले प्रशन्न हुन्छिन् माता लक्ष्मी, जता-ततैबाट मिल्नेछ खुब धन लाभ !