लिभरपुलले हालाण्डलाई टक्कर दिने खेलाडी भित्र्यायो !

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले क्लबको कीर्तिमानी मुल्यमा उरुग्वेली युवा स्टार डार्विन नुनेजलाई अनुबन्ध गर्न सफल भएको छ ।

लिभरपुलले नुनेजलाई पोर्चुगिज क्लब बेन्फिकाबाट ६ वर्षको लागि क्लबको कीर्तिमानी मुल्य ८५ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । यो सम्झौतासँगै उनी सन् २०२८ को सिजनको अन्त्यसम्म एनफिल्डमा रहनेछ ।

लिभरपुलमा नुनेजको सम्झौता ६४ मिलियन पाउन्डबाट अघि बढ्नेछ । एड अनबाट झन्डै २१ मिलियन पाउन्ड थपिनेछ । यसले नुनेजलाई लिभरपुलको इतिहासमा सबैभन्दा महँगो खेलाडी बन्नेछन् । क्लबका लेजेन्ड साडियो माने र मोहम्मद सलाहको प्रस्थानअघि लिभरपुल आफ्नो टोलीलाई थप मजवुत बनाउन चहान्छन् । यि दुवै खेलाडीले यसै समरमा क्लब छाड्ने अनुमान गरिएको छ ।

नुनेजलाई लिभरपुलको खेलाडीको रुपमा सार्वजनिक गर्नुअघि मेडिकल र केही औपचारिकता पुरा गर्नेछन् । नुनेज अनुबन्ध गर्न लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पछि पारेको छ ।

नुनेज सम्झौताको अर्काे ठुलो विजेता स्पेनिस क्लब अल्मेरिया हो । नुनेजको पुर्व टोली बेन्फिकाले नाफा गरेको २० प्रतिशत अल्मेरियाले पाउनेछ । बेन्फिकाले नुनेजलाई २०२० मा १९ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

नुनेजले बेन्फिकाका लागि गत सिजन सबै खेलमा ३४ गोल गर्न सफल भएका थिए । उनले पोर्चुगिज लिगमा २८ र च्याम्पियन्स लिगमा ६ गोल गरेका थिए ।

अब लिभरपुलको लक्ष्य स्कटिस राइट ब्याक क्याल्भिन रामसेमा रहेको छ । उनी ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको विकल्पमा हुनेछ । १८ वर्षीय क्याल्भिनले स्कटल्यान्डको शीर्ष डिभिजन खेलिसकेका छन् ।

प्रकाशित : आइतबार, जेठ २९, २०७९२१:४७

रोनाल्डो हावा खान निस्केको खेलमा पोर्चुगलले पनि खायो हावा, शीर्ष स्थान पनि गयो !