यहि जुन ५ बाट शनि प्रतिगामी भएको छ। यससँगै केही राशिका शुभ दिन र कतिपयको खराब दिन सुरु भएको छ। तर अर्को महिना फेरि शनिको स्थितिमा ठूलो परिवर्तन हुन लागेको छ। शनि वक्री अवस्थामा नै कुम्भ राशिबाट मकर राशिमा प्रवेश गर्दैछ। अब जुलाई १२ मा हुन लागेको शनिको यो गोचरले केही मानिसका लागि समस्या ल्याउनेछ। जान्नुहोस् शनि ग्रहको गोचरले कुन राशिलाई असर गर्छ ?
अहिले यी राशिमा चलिरहेको छ शनिको साढे साती र ढैय्या
अप्रिल २९ बाट कुम्भ राशिमा शनिको गोचरपछि मीन राशिका मानिसहरूमा शनिको साढे सातीको पहिलो चरण सुरु भएको छ। त्यस्तै, कुम्भ राशिका लागि साढे सातीको दोस्रो चरण सुरु भएको छ। अर्कोतर्फ मकर राशिका मानिसहरुका लागि यसको अन्तिम चरण चलिरहेको छ। यसबाहेक कर्कट र वृश्चिक राशिका लागि ढैय्या चलिरहेको छ।
१२ जुलाईबाट यी राशिमा आइपर्नेछ अनेक समस्या
जुलाई १२, २०२२ मा शनिले वक्री अवस्थामा मकर राशिमा प्रवेश गर्नेछ, जसका कारण २ महिनादेखि साढे सातीबाट मुक्ति पाएका धनु राशिका मानिसहरूलाई फेरी यसले सताउनेछ। त्यसपछि उनीहरुले १७ जनवरी २०२३ बाट पूर्ण रूपमा शनिको महादशाबाट मुक्ति पाउन सक्नेछन्। यसका साथै शनि मकर राशिमा गोचर हुने वित्तिकै तुला र मिथुन राशिमा शनिको ढैय्या हुनेछ।
शनिको दशाबाट बच्ने उपाय
जुलाई १२ देखि साढे साती र ढैय्याको सामना गर्ने राशि भएकाहरूले अहिलेबाटै केही उपाय अपनाउनुहोला। शनिबार शनि चालिसा पढ्नुहोस्, शनि मन्दिरमा छाया दान गर्नुहोस्। पीपलको रुखमुनि तोरीको तेलमा दियो बाल्नुहोस्। राम्रो कर्म गर्नुहोस्। असहाय र खाँचोमा परेकाहरूलाई मद्दत गर्नुहोस्। शनिदेवले कर्म अनुसार फल दिन्छन्, त्यसैले यस समयमा शुभ कर्म गर्नुहोस्।