नेपालमा ५ हजार अमेरिकी सैनिक रहेको एमाले सांसदको खुलासा !

काठमाडौँ – नेपालका एक सांसदले हजारौं अमेरिकी सेना नेपालमा रहेको दावी गरेका छन्। नेकाला एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका मोहन बानियाँले नेपालमा हजारौं अमेरिकी सेना रहेको दावी गरेका हुन्।

सोमबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्नेक्रममा बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसिरहेको दावी गरे। नेपालको परराष्ट्र नीतिमा बोल्दै बानियाँले अमेरिकाले नेपालमा चलखेल बढाएको बताए।

“नेपालमा कति छन् अमेरिकी सेना थाहा छ ? यहाँ ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन्।”,उनले भने। ५५ अर्बको लोभ परेर एमसीसी पास गर्दा अहिले घाँडो भएको बानियाँको भनाई छ।

उनले भने,”जमानादेखि हामी परराष्ट्र नितिमा चुक्दै आएका छौं । एमसीसी नेपालीहरुका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्दै छौं।”

प्रकाशित : सोमबार, जेठ ३०, २०७९१०:५९

जब एमाले नेता मल आजै चाहियो, अहिल्यै चाहियो भन्दै संसदमा चर्किए …