पिएसजी छाड्ने पोचेटिनोको निर्णय, यी तीन मध्ये एक हुन सक्छन् पिएसजीको नयाँ प्रशिक्षक !

एजेन्सी – अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने भएका छन् । बोर्डसँगको छलफलपछि पोचेटिनो सम्झौता नसकिदै पिएसजी छाड्न सहमत भएका हुन् ।

पिएसजीले पोचेटिनोको बारेमा औपचारिक घोषणा भने गरेको छैन । पिएसजीमा पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्म रहेको थियो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएपछि पिएसजी पोचेटिनोसँग असन्तुष्ट रहेको अनुमान गरिएको छ ।

पोचेटिनो सन् २०२१ को जनवरीमा पिएसजीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तत्कालिन मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पिएसजीले यसअघि इंग्लिस क्लब टोटेनहम हटस्परका प्रशिक्षक रहिसकेका पोचेटिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको दिएको थियो । यता, टुचेलले इंग्लिस क्लब चेल्सीको प्रशिक्षण सम्हाल्दै टोलीलाई च्याम्पियन्स लिग जिताउन सफल भएका थिए ।

पोचेटिनोले पिएसजीलाई फ्रेन्च लिग वानसँगै कप दि फ्रान्स र ट्रफी डेस च्याम्पियन जिताएका छन् । तर, खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको पिएसजीको लक्ष्य च्याम्पिन्स लिग जित्ने नै रहेको छ ।

युवा स्टार केलियन एमबाप्पे र ब्राजिली नेयमारको साथ पाएको पिएसजीले गत सिजन अर्जेन्टिनी लियोनेल मेस्सीलाई पनि अनुबन्ध गरेको थियो । तर, टोली प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेन ।

पोचेटिनोको नेतृत्वमा पिएसजीले ९५ खेल खेलेको छ । जसमा ५५ जित, १५ बराबरी र १४ हारको नतिजा छ । पिएसजीले नयाँ प्रशिक्षकका लागि जिनेदिन जिदान, जोसे मौरिन्हो र क्रिस्टोफे गाल्टिएरलागयतसँग छलफल गरिरहेको छ ।

प्रकाशित : सोमबार, जेठ ३०, २०७९१५:४८

रियल म्याड्रिडको इतिहासमा रोनाल्डो-बेन्जेमा मध्ये को उत्कृष्ट ? आयो यस्तो उत्तर !