एजेन्सी – प्रिमियर लिगमा गएको झन्डै पाँच सिजन भन्दा बढी समय देखि लिभरपुल र म्यानचेस्टर सिटी एक अर्कालाई कडा टक्कर दिरहेका छन्। प्रिमियर लिगमा अहिले यी दुई क्लबकै दबदबा छ।
प्रशिक्षकको रुपमा योर्गेन क्लोप लिभरपुल र पेप गार्डियोला सिटी पुगेयता यी दुई क्लब बीचको प्रतिष्पर्धाले छुट्टै रुप लिएको छ। सन् २०२१-२२ को सिजनमा पनि यी दुई क्लबले एक-अर्कालाई कडा टक्कर दिए। गत सिजन प्रिमियर लिगको उपाधि सिटीले जितेपनि लिभरपुलले अन्तिम समय सम्म सिटीलाई पछ्याइरह्यो।
सिजन शुरु हुनु भन्दा अगाडी नै यतिबेला दुवै क्लब आफ्नो स्क्वाडलाई थप बलियो बनाउने तर्फ अगाडी बढिसकेका छन्। सिटीले क्लबको आक्रमण बलियो बनाउन नर्वेली युवा स्टार एर्लिङ हालाण्ड भित्र्याउँदा लिभरपुलले उरुग्वेली युवा स्टार डार्विन नुनेज भित्र्याएको छ। दुवै खेलाडी उच्च स्तरको खेल प्रदर्शन गर्न सक्ने क्षमता राख्छन्।
गत सिजन हालाण्ड भर्सेस नुनेज
गत सिजन हालाण्ड बोरुसिया डर्टमन्डमा थिए। सिजनभर उनले डर्टमन्डका लागि कुल ३० खेल खेलेका थिए। जसमा उनले २९ गोल गरेका थिए भने ८ असिस्ट दिएका थिए। जर्मन बुन्डेसलिगामा हालाण्डले कुल २४ खेलमा ६ गोल गरेका थिए। त्यस्तै च्याम्पियन्स लिगमा हालाण्डले ३ खेलमा ३ गोल गरेका थिए।
त्यस्तै गत सिजन नुनेज पोर्चुगिज क्लब बेन्फिकाको तर्फबाट कुल ४१ खेल खेले। जसमा उनले ३४ गोल गरे भने ४ असिस्ट दिए। पोर्चुगिज लिगमा उनले २८ खेलमा २६ गोल गरेका थिए। गत सिजन नुनेज लिगका सर्वाधिक गोलकर्ता थिए। त्यस्तै च्याम्पियन्स लिगमा उनले १० खेल खेल्दा ६ गोल गर्न सफल भएका थिए।