गाभीको रिलिज क्लज परिवर्तन हुँदै, अहिलेको भन्दा दोब्बर हुने ! कति ?

एजेन्सी – युवा मिडफिल्डर गाभी र क्याटलान क्लब बार्सिलोना बीच सम्झौता थपको विषयमा छलफल निरन्तर जारी छ। गएको धेरै समय देखि बार्सिलोनाले गाभीलाई सम्झौता थप गराउन खोजिरहेको छ। तयार गाभीले माग गरिरहेजस्तो अफर बार्सिलोनाको तर्फबाट नहुँदा गाभी सम्झौता थप गर्न मानिरहेका छैनन्।

बार्सिलोना बीच छलफल चलिरहँदा गाभीलाई युरोपका अन्य धेरै क्लबहरुले पनि पछ्याइरहेका छन्। गाभी माथि विशेष गरेर म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र लिभरपुलको नजर छ। तीनै क्लब गाभीलाई भित्र्याउन इच्छुक देखिन्छन्। त्यसमध्ये पनि लिभरपुल सबै भन्दा बढी आतुर देखिन्छ।

सन् २०२३ मा सम्झौता सकिँदै गरेका गाभीलाई बार्सिलोना दिर्घकालिन सम्झौता प्रस्ताव गरिरहेको छ। तर बार्सिलोनाले राखेको रिलिज क्लजका कारण सम्झौता थपको विषयमा सहमति हुन सकिरहेको छैन।

विभिन्न स्पेनिस मिडियाका आएका खबर अनुसार बार्सिलोना गाभीको रिलिज क्लज १ बिलियन युरो राख्न चाहन्छ। तर त्यसो गर्न गाभी तयार छैन। बार्सिलोनाको तर्फबाट भएका प्रयास निरन्तर फेल खाएसँगै बार्सिलोना त्यसबाट ब्याक हुनुपर्ने अवस्थामा पुगेको बताइन्छ।

हालको अवस्थामा गाभीलाई भित्र्याउन चाहने क्लबले ५० मिलियन युरोको रिलिज क्लजलाई सक्रिय गराएर उनलाई भित्र्याउन सक्छन्। तर यहि जुनमा उनको १ सय मिलियनको रिलिज क्लज सक्रिय हुने स्पेनिस मिडियाहरुको दावी छ। यस्तै बार्सिलोनाका प्रशिक्षक यति बेला क्लबका अधिकारीहरुलाई गाभीको सम्झौताको लफडा छिट्टै सल्टाउन दबाव दिरहेका छन्।

प्रकाशित : मङ्गलबार, जेठ ३१, २०७९१४:२५

पूर्व युनाइटेड खेलाडी-‘रोनाल्डो मसँग खेलेका त हुन्, तर मेस्सी नै उत्कृष्ट हो’