काठमाडौँ : भोलि असार १ गते(१५ जुन सन् २०२२) बुधबार सूर्य ग्रह वृष राशिबाट निक्लिएर मिथुन राशिमा प्रवेश गर्दैछ। मिथुन राशिमा सूर्यको गोचरले ६ राशिका करियर चम्किनेछ। ती ६ राशिहरु कुन-कुन हुन् त ? हेर्नुहोस्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – वृष राशिमा सूर्यको गोचर दोस्रो भावमा हुनेछ, जसले गर्दा आर्थिक स्थिति राम्रो रहनेछ। करियरमा सफलता मिल्नेछ। लगानीबाट व्यापारी लाभान्वित हुनेछन्। जागिरमा प्रगति गर्नुहुनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – सिंह राशिको एकादशी भावमा सूर्यको गोचरले तपाईको आम्दानीमा वृद्धि गराउनेछ। करियरमा अपेक्षित सफलता हासिल गर्नुहुनेछ। नोकरीमा पदोन्नति मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – कन्या राशिको दशम भावमा सूर्यको गोचरले जागिर र व्यापारमा उन्नतिको अवसर पैदा गर्नेछ। करियरमा पनि सफलता मिल्नेछ। फाल्तु कुरामा समय बर्बाद नगर्नुहोस्। स्वास्थ्य राम्रो रहनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – तुला राशिको नवम भावमा सूर्यको गोचरले भाग्य जागृत गर्नेछ। नोकरी तथा व्यवसायमा भाग्य र पिताको साथ-सहयोग मिल्नेछ। करियरसम्बन्धी चिन्ता हट्नेछ। यात्रा लाभदायक हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – धनु राशिको सप्तम भावमा सूर्यको गोचर हुनेछ। यो गोचरले साझेदारीको व्यापारमा लाभ दिनेछ। विवाहित जोडीले जीवनसाथीसँग सुखद् समय व्यतीत गर्नेछन्। करियरमा अप्रत्याशित सफलता मिल्नेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – मकर राशिको छैठौँ भावमा सूर्यको गोचरले शत्रु र रोगहरुमाथि विजय प्राप्त गर्नेछ। अड्डा-अदालती मामिला र ऋणबाट मुक्ति पाउने सम्भावना छ। आर्थिक पक्ष मजबूत हुनेछ। करियरमा सफलता मिल्नेछ।