पूर्व युनाइटेड खेलाडी-‘रोनाल्डो मसँग खेलेका त हुन्, तर मेस्सी नै उत्कृष्ट हो’

सन् २०१९ को एक अन्तर्वार्तामा, म्यानचेस्टर युनाइटेड दिग्गज रायन गिग्सले क्रिस्टियानो रोनाल्डो-लियोनल मेस्सी बीच को उत्कृष्ट भन्ने बहसमा आफ्ना राय दिएका थिए जसले फुटबल जगतलाई हल्लाउन सक्छ, रोनाल्डोसँग एकै टोलीमा खेले पनि उनले अर्जेन्टिनी कप्तानलाई “वान्स इन अ लाइफटाइम” फुटबलरको रूपमा प्रशंसा गरेका थिए।

विगत १५ वर्षमा, यो जोडीले फुटबल र यसका व्यक्तिगत पुरस्कारहरूमा अभूतपूर्व रूपमा प्रभुत्व जमाएका छन्। मेस्सीले आफ्नो करियरमा सातवटा ब्यालोन डी’ओर जितेका छन् भने रोनाल्डोले पाँच जितेका छन्। पूर्व बार्सिलोना कप्तानको नाममा पाँचवटा युरोपेली गोल्डेन बुट छ भने पोर्चुगिज माभेरिकसँग चारवटा छन्। रोनाल्डोले दुई पटक ‘द बेस्ट फिफा मेन्स प्लेयर’ अवार्ड जितेका छन् भने मेस्सीले एकपटक यस व्यक्तिगत अवार्ड जितेका छन्।

दुई सुपरस्टारहरू बीच एक खेलाडी छनोट गर्नु एक विवादास्पद कार्य हो, जुन फुटबलको सबैभन्दा प्रसिद्ध व्यक्तित्वहरूलाई नियमित रूपमा सोध्ने गरिन्छ। २०१९ मा, तत्कालीन-वेल्स प्रशिक्षक गिग्सलाई उनको पूर्व म्यानचेस्टर युनाइटेड टोली रोनाल्डो र बार्सिलोना दिग्गज मेस्सी बीचको छनौट गर्न भनियो।

जसमा उनले यसो भने, “स्पष्ट रूपमा म रोनाल्डोतर्फ अलिकति झुकेको छु किनभने मैले उनीसँग खेलेको र उनलाई खेलाडीको रूपमा विकास भएको देखेको छु। तर मेस्सी जीनियस हुन्, उनी जीवनभरमा एक पटक आउने खेलाडी हुन्। यो यत्तिकै सरल छ।”

आफ्नो क्लब र पोर्चुगलका लागि ८१५ गोल गरेका ३७ वर्षीय रोनाल्डो पुरुष फुटबलको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। ३४ वर्षीय मेस्सीले आफ्नो क्लब र अर्जेन्टिनाका लागि ७६७ गोल गरेका छन्।

प्रकाशित : मङ्गलबार, जेठ ३१, २०७९१६:२६

म्याड्रिडिस्टा मोड्रिचले धोकेबाज एम्बाप्पेको जर्सी मागेपछि मच्चियो तहल्का, भन्नु सम्म भनियो !