आज असार १ गते ग्रहहरुको राजा सूर्य गोचर हुँदैछ। सूर्य वृष राशि छोडेर मिथुन राशिमा प्रवेश गर्दैछ। सूर्य आगामी १ महिना मिथुन राशिमा रहनेछ। यस अवधिमा सूर्यको गोचरले सबै १२ राशिका मानिसहरूलाई प्रभावित गर्नेछ। यसमध्ये केही राशिलाई यो समय अत्यन्त शुभ समय मान्न सकिन्छ भने केही राशिका मानिसलाई यो समयमा अनेक कष्ट भोग्नु पर्ने हुनसक्छ। जान्नुहोस् कुन राशिका व्यक्तिहरूले आगामी १ महिना सावधानी अपनाउनु पर्ने हुन्छ।
मिथुन राशि

सूर्यको यो राशि परिवर्तनले तपाईंलाई अप्ठ्यारो पार्नेछ। व्यापारमा कठिनाइको सामना गर्नु पर्नेछ। मनमा निराशा बढ्नेछ तर संयमित रहनु पर्ने देखिन्छ। बोलीमा कोमलता कायम राख्नुहोला। कतै रोकिएको पैसा फिर्ता हुन सक्छ।
तुला राशि

यस समयमा पारिवारिक समस्याले तपाईंलाई सताउन सक्छ। यस्तो अवस्थामा तपाईंले संयमित भएर अरुको अनावश्यक तर्कबाट टाढा रहनुपर्छ। घरमा मानसिक अशान्ति आउन सक्छ र तपाईंको आत्मविश्वास पनि डगमगाउन सक्छ।
वृश्चिक राशि

अन्य ठाउँ वा शहरमा जागिर सरुवा हुन सक्छ। कार्यस्थलमा पनि धेरै कठिनाइको सामना गर्नु पर्नेछ। यस कारण मनमा क्रोध र निराशाको संचार हुनेछ। आफ्ना भावनाहरूलाई नियन्त्रण गरी नराम्रो समय बिताउन आवश्यक हुनेछ।
मीन राशि

जागिर परिवर्तनको अवसर मिल्न सक्छ। कुराकानीमा संयमित हुनुहोस् र तनावबाट टाढा रहनुहोस्। क्रोध र आवेगलाई नियन्त्रण गर्न आवश्यक हुनेछ। शान्त रहनुहोस् र सकारात्मक कुराहरूमा ध्यान दिनुहोस्, अन्यथा नोक्सान हुनसक्छ।

