मेष राशि

यस राशिका मानिसका लागि असार महिना शुभ फलदायी नै रहने देखिन्छ। नयाँ कार्य सुरु गर्नको लागि समय अनुकूल रहेको छ। राजनैतिक र सामाजिक कार्यमा रुचि जाग्नेछ। रमणीय यात्राको योग रहेको छ। आफन्त तथा परिवारजनबाट पनि विशेष लाभ मिल्ने सम्भावना रहेको छ। व्यापार व्यवसायमा वृद्धि हुनेछ।
वृष राशि

यो महिना तपाईंको लागि शुभ नै भन्न मिल्छ। घर परिवार तथा साथीभाइहरूसँग रमणीय तरिकाले समय बिताउन सकिन्छ। शत्रुहरुले तपाईंको काममा दखल दिने प्रयास गरेपनि केही बिगार गर्न भने सक्ने छैनन्। धार्मिक यात्रामा रुचि बढ्ने। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मानमा वृद्धि हुनेछ।
मिथुन राशि

असार महिना मिथुन राशिका मानिसका लागि मिश्रित रहनेछ। नयाँ कार्य सुरु गर्नका लागि यो समय अनुकूल रहला। पारिवारिक वातावरण सुखमय रहनेछ। नव दम्पतीका लागि सन्तान प्राप्तिको योग रहेको छ। प्रेम सम्बन्ध बलियो हुनेछ। तर चोट पटकको भय रहेको छ, त्यसैले, यात्रा गर्दा वा बाटो हिँड्दा सचेत रहनु पर्छ। अनावश्यक खर्च बढ्नेछ।
कर्कट राशि

यस राशिका मानिसलाई यो महिना शुभ नरहला। स्वास्थ्यमा समस्या आउनसक्छ, सजग रहनुहोला। चोटपटक लाग्ने भय रहनेछ, सावधान रहनुहोस्। तपाईंको आर्थिक पक्ष पनि यो महिना त्यति राम्रो हुने छैन। अनावश्यक खर्चबाट बच्नुहोला, अन्यथा आर्थिक संकट आउनसक्छ। महिनाको अन्त्यतिर परिस्थिति केही सुधार भएपनि यो महिना समग्रमा तपाईंका लागि प्रतिकूल नै रहनेछ।
सिंह राशि

यो महिना तपाईंका लागि समान्य रहनेछ। तपाईंको कामको सबैले प्रशंसा गर्नेछन्। मिहिनेत अनुसार प्रतिफल राम्रै पाइनेछ। तर त्यसका लागि सामान्य भन्दा धेरै संघर्ष गर्नु पर्नेछ। निकट रहेका मानिसबाट नै तपाईंको कार्यमा बाधा आउनसक्छ, सहज रहनुहोला। महिनाको अन्त्यमा भने केही शुभ फल मिल्नसक्छ।
कन्या राशि

असार महिनामा यस राशिका मानिसले विपरित लिंगीबाट विशेष सहयोग प्राप्त गर्नेछन्। मनमा शान्ति छाउला। बोलीको बलमा विभिन्न कार्य सम्पादन गर्न सकिनेछ। जोशजाँगर र हिम्मत बढ्दा शत्रु पक्ष निर्बल हुनेछन्। नयाँ कार्य सुरु गर्ने सोचमा हुनुहुन्छ भने तपाईंका लागि यो समय उत्तम रहनेछ। स्वास्थ्यमा भने केही प्रतिकूल असर पर्न सक्छ।
तुला राशि

यो महिनामा नयाँ कार्य प्राप्तिका साथै सरुवा र बढुवाको योग छ। छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। नयाँ ठाउँमा घुम्ने योजना बन्नेछ। सामाजिक क्षेत्रमा तपाईंको मानसम्मान बढ्नेछ। प्रेमसम्बन्ध अझ बलियो भएर जानेछ। नयाँ वस्त्र प्राप्ति हुनेछ। घर ,जग्गा खरिद बिक्रीको योग छ।
वृश्चिक राशि

यो महिना तपाईंका लागि अशुभ रहनेछ। स्वास्थ्य समस्याले तपाईंलाई सताउन सक्छ। शेयर बजारको लगानीले पनि यो महिना राम्रो प्रतिफल नदिनसक्छ। अनावश्यक खर्च बढ्दा तपाईंको आर्थिक पक्ष कमजोर हुनसक्छ। परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। समग्रमा भन्नु पर्दा तपाईंका लागि यो समय राम्रो छैन।
धनु राशि

यो महिनामा धनु राशिका मानिसको भाग्योदय हुने योग रहेको छ। घर परिवार तथा आफन्तबाट विशेष सहयोग मिल्नेछ। भौतिक सुखमा वृद्धि हुने देखिन्छ। प्रेम र मित्रताको बन्धन बलियो हुनेछ भने दाम्पत्य जीवन पनि सुखमय रहनेछ। रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन्। तपाईंको लागि हरेक क्षेत्रमा यो समय अनुकूल रहेको छ।
मकर राशि

मकर राशिका लागि यो महिना सकारात्मक महिना रहेको छ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रसन्नता गर्नेछन्। विद्या, बुद्धि तथा सन्तान सुख मिल्नेछ। कूटनीतिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ। प्रेमसम्बन्ध बलियो भएर जानेछ। रमणीय यात्राको योग रहेको छ। यो समयमा स्वास्थ्यको भने ख्याल राख्नुपर्ने हुन्छ।
कुम्भ राशि

कुम्भ राशि हुनेहरूका लागि असार महिनामा सफल नै रहनेछ। विपरीत लिगंबाट विशेष सहयोग प्राप्त हुनसक्छ। शेयर बजारको लगानीले राम्रो प्रतिफल दिनेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ भने प्रेम सम्बन्ध बलियो हुनेछ। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
मीन राशि

मीन राशिका मानिसका लागि यो महिना अशुभ रहला। यस महिनामा दुख: कष्ट बढ्न सक्छ। स्वास्थ्य प्रतिकूल रहने र चोटपटकको भय पनि रहनेछ। अनावश्यक खर्च बढ्दा तपाईंको आर्थिक पक्ष कमजोर रहला। पारिवारिक वातावरण अनुकूल नरहला। कार्यक्षेत्रमा पनि यो समय त्यति शुभ रहने छैन।

