“मेस्सी योद्धा होइनन्, सर्वोत्कृष्ट तीनमा पर्दैनन्”

एजेन्सी – डच लेजेण्ड मार्को भान बास्टेनले अर्जेन्टिनी स्टार लियोनेल मेस्सी फुटबल इतिहाँसकै शिर्ष तीन खेलाडी भित्र नपर्ने बताएका छन्। बास्टेनले एक अन्तर्वार्ताका क्रममा मेस्सी राम्रा खेलाडी भएपनि उत्कृष्ट तीन खेलाडीमा नपर्ने बताएका हुन्।

एसी मिलानका पूर्व स्ट्राइकरका अनुसार सातवटा बालोन डी’ओर जितेका मेस्सी फुटबल इतिहाँसका तीन उत्कृष्ट खेलाडीमा पर्दैनन्। उनका लागि पेले, डिएगो म्याराडोना र जोहान क्रुफ फुटबल इतिहाँसकै उत्कृष्ट तीन खेलाडी हुन्।

“पेले, [डिएगो] म्याराडोना र [जोहान] क्रुफ मेरो लागि इतिहाँसका तीन महान खेलाडी हुन्। म सानो हुँदा क्रुफ जस्तै बन्न चाहन्थें। पेले र म्याराडोना पनि अविश्वसनीय थिए।”,बास्टेनले भने।

मेस्सी एक महान खेलाडी भएपनि योद्धा नभएको बास्टेनले बताए। मेस्सी भन्दा म्याराडोना छुट्टै व्यक्तित्व भएका खेलाडी रहेको पनि उनले स्मरण गरे। उनले भने,”मेस्सी पनि एक महान खेलाडी हुन्, तर टोलीमा म्याराडोनाको छुट्टै व्यक्तित्व हुन्थ्यो। मेस्सी योद्धा होइनन्। मेस्सी ती खेलाडी होइनन्, जो युद्धमा जाँदा आफू अगाडी बस्छ।”

बास्टेनका अनुसार उनलाई क्रिस्टियानो रोनाल्डो, मिचेल प्लाटिनी र जिनेदिन जिदान पनि फुटबल इतिहाँसक उत्कृष्ट खेलाडीमा पर्छन्। उनी भन्छन्,”मैले क्रिस्टियानो रोनाल्डो, [मिचेल] प्लाटिनी वा [जिनेदिन] जिदानलाई पनि छुटाउनु हुँदैन।”

प्रकाशित : बुधबार, असार ०१, २०७९१५:२७

हेनरीको नजरमा रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट, यसो भन्छन् !