पोर्चुगिज युवा मिडफिल्डर माथि युनाइटेडको नजर ! मूल्य कति ?

एजेन्सी – गत सिजन अत्यन्तै कम्जोर प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेड आगामी सिजनका लागि अहिले देखि तयारीमा जुटिरहेको छ। युनाइटेडले नयाँ सिजनका लागि विभिन्न खेलाडीहरु भित्र्याउन चाहेको छ।

युनाइटेड अहिले ट्रान्सफर बजारमा धेरै नै सकिय छ। तर पनि युनाइटेड ट्रान्सफर बजारमा त्यति सफल भने हुन सकिरहेको छैन। युनाइटेडले केहि समय अगाडी लोर्चुगिज क्लब बेन्फिकाका उरुग्वेली युवा स्टार डार्विन नुनेजलाई भित्र्याउने प्रयास गरेको थियो।

तर युनाइटेडको सो प्रयासमा लिभरपुल बाधक बनेको थियो। नुनेजले लिभरपुलसँग सम्झौता गरिसकेका छन्। युनाइटेडको तर्फबाट आएको प्रस्तावलाई अस्विकार गर्दै नुनेज लिभरपुलमा अनुवन्धित भएका हुन्।

नुनेज फुत्किएपछि युनाइटेड यति बेला पोर्चुगिज क्लबका अर्का एक खेलाडी भित्र्याउने प्रयासमा जुटेको छ। ट्रान्सफर मार्केटका जानकारहरुका अनुसार युनाइटेडले पोर्चुगिज क्लब पोर्टोका भिटोर फरेरालाई भित्र्याउन खोजेको हो।

‘भिटिन्हा’को उपनामले समेत चिनिने फरेरालाई युनाइटेडले भित्र्याउन चाहेको र त्यसकोलागि सुपर-एजेन्ट जर्ज मेन्डेससँग युनाइटेड निरन्तर सम्पर्कमा रहेको विभिन्न खेल मिडियाहरु बताउँछन्।

२२ वर्षिय पोर्चुगिज मिडफिल्डरले यस अगाडी पनि प्रिमियर लिगमा खेलिसकेका छन्। सन् २०२०-२१ को सिजनमा उनी पोर्टोबाट लोनमा वुल्भ्स आएका थिए। त्यसबेला उनले २२ खेलमा २ गोल गर्दै १ असिस्ट दिएका थिए। पछिल्लो समय रक्षात्मक मिडफिल्डरको रुपमा धेरै राम्रो गरिरहेका छन्। बताइएअनुसार उनको रिलिज क्लज ३४ मिलियन पाउण्ड रहेको छ।

प्रकाशित : बुधबार, असार ०१, २०७९०९:३७

कोस्टा रिका विश्वकपमा छनोट, विश्वकपको समीकरण पूरा ! [सूची सहित]