यी ३ राशिलाई निकै अशुभ रहनेछ आजबाट सुरु भएको असार महिना, रहनुहोस् सावधान !

आजबाट वर्षको तेस्रो महिना असार सुरु भएको छ। ग्रह तथा नक्षत्रको स्थितिका कारण यस महिना केही राशिका मानिसका लागि शुभ रहनेछ भने केही राशिका मानिसका लागि यो समय अशुभ रहनेछ। जान्नुहोस् असार महिना कुन-कुन राशिका मानिसका लागि अशुभ रहनेछ….

कर्कट राशि 

यस राशिका मानिसलाई यो महिना शुभ नरहला। स्वास्थ्यमा समस्या आउनसक्छ, सजग रहनुहोला। चोटपटक लाग्ने भय रहनेछ, सावधान रहनुहोस्। तपाईंको आर्थिक पक्ष पनि यो महिना त्यति राम्रो हुने छैन। अनावश्यक खर्चबाट बच्नुहोला, अन्यथा आर्थिक संकट आउनसक्छ। महिनाको अन्त्यतिर परिस्थिति केही सुधार भएपनि यो महिना समग्रमा तपाईंका लागि प्रतिकूल नै रहनेछ।

वृश्चिक राशि 

यो महिना तपाईंका लागि अशुभ रहनेछ। स्वास्थ्य समस्याले तपाईंलाई सताउन सक्छ। शेयर बजारको लगानीले पनि यो महिना राम्रो प्रतिफल नदिनसक्छ। अनावश्यक खर्च बढ्दा तपाईंको आर्थिक पक्ष कमजोर हुनसक्छ। परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। समग्रमा भन्नु पर्दा तपाईंका लागि यो समय राम्रो छैन।

मीन राशि 

मीन राशिका मानिसका लागि यो महिना अशुभ रहला। यस महिनामा दुख: कष्ट बढ्न सक्छ। स्वास्थ्य प्रतिकूल रहने र चोटपटकको भय पनि रहनेछ। अनावश्यक खर्च बढ्दा तपाईंको आर्थिक पक्ष कमजोर रहला। पारिवारिक वातावरण अनुकूल नरहला। कार्यक्षेत्रमा पनि यो समय त्यति शुभ रहने छैन।

प्रकाशित : बुधबार, असार ०१, २०७९१३:५१

आउँदो महिना यी ३ राशिमा रहनेछ कुबेरको विशेष कृपा, हुनेछ धनको वर्षा !