आजबाट वर्षको तेस्रो महिना असार सुरु भएको छ। ग्रह तथा नक्षत्रको स्थितिका कारण यस महिना केही राशिका मानिसका लागि शुभ रहनेछ भने केही राशिका मानिसका लागि यो समय अशुभ रहनेछ। जान्नुहोस् असार महिना कुन-कुन राशिका मानिसका लागि शुभ रहनेछ……
मेष राशि

यस राशिका मानिसका लागि असार महिना शुभ फलदायी नै रहने देखिन्छ। नयाँ कार्य सुरु गर्नको लागि समय अनुकूल रहेको छ। राजनैतिक र सामाजिक कार्यमा रुचि जाग्नेछ। रमणीय यात्राको योग रहेको छ। आफन्त तथा परिवारजनबाट पनि विशेष लाभ मिल्ने सम्भावना रहेको छ। व्यापार व्यवसायमा वृद्धि हुनेछ।
वृष राशि

यो महिना तपाईंको लागि शुभ नै भन्न मिल्छ। घर परिवार तथा साथीभाइहरूसँग रमणीय तरिकाले समय बिताउन सकिन्छ। शत्रुहरुले तपाईंको काममा दखल दिने प्रयास गरेपनि केही बिगार गर्न भने सक्ने छैनन्। धार्मिक यात्रामा रुचि बढ्ने। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मानमा वृद्धि हुनेछ।
कन्या राशि

असार महिनामा यस राशिका मानिसले विपरित लिंगीबाट विशेष सहयोग प्राप्त गर्नेछन्। मनमा शान्ति छाउला। बोलीको बलमा विभिन्न कार्य सम्पादन गर्न सकिनेछ। जोशजाँगर र हिम्मत बढ्दा शत्रु पक्ष निर्बल हुनेछन्। नयाँ कार्य सुरु गर्ने सोचमा हुनुहुन्छ भने तपाईंका लागि यो समय उत्तम रहनेछ। स्वास्थ्यमा भने केही प्रतिकूल असर पर्न सक्छ।
तुला राशि

यो महिनामा नयाँ कार्य प्राप्तिका साथै सरुवा र बढुवाको योग छ। छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। नयाँ ठाउँमा घुम्ने योजना बन्नेछ। सामाजिक क्षेत्रमा तपाईंको मानसम्मान बढ्नेछ। प्रेमसम्बन्ध अझ बलियो भएर जानेछ। नयाँ वस्त्र प्राप्ति हुनेछ। घर ,जग्गा खरिद बिक्रीको योग छ।
धनु राशि

यो महिनामा धनु राशिका मानिसको भाग्योदय हुने योग रहेको छ। घर परिवार तथा आफन्तबाट विशेष सहयोग मिल्नेछ। भौतिक सुखमा वृद्धि हुने देखिन्छ। प्रेम र मित्रताको बन्धन बलियो हुनेछ भने दाम्पत्य जीवन पनि सुखमय रहनेछ। रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन्। तपाईंको लागि हरेक क्षेत्रमा यो समय अनुकूल रहेको छ।
कुम्भ राशि

कुम्भ राशि हुनेहरूका लागि असार महिनामा सफल नै रहनेछ। विपरीत लिगंबाट विशेष सहयोग प्राप्त हुनसक्छ। शेयर बजारको लगानीले राम्रो प्रतिफल दिनेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ भने प्रेम सम्बन्ध बलियो हुनेछ। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

