बार्सिलोनामा डेम्बेलेको च्याप्टर क्लोज ?

एजेन्सी – फ्रेन्च विंगर उस्मान डेम्बेलेको भविष्य क्याटलान क्लब बार्सिलोनामा अनिश्चित छ। सम्झौता सकिने दिन नजिकिँदै गर्दा समेत बार्सिलोना र डेम्बेले एक सहमतिमा पुग्न सकिरहेका छैनन्। बार्सिलोनाको तर्फबाट भएका कयौं प्रस्ताव अस्विकार गरिसकेका कारण डेम्बेलेले बार्सिलोना छाड्ने उच्च सम्भावना देखिन्छ।

विभिन्न स्पेनिस मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने डेम्बेले बार्सिलोनामा रहने सम्भावना छैन। डेम्बेले जसरी पनि बार्सिलोना छाड्ने मुडमा देखिएको स्पेनिस मिडियाहरुको दावी छ।

बार्सिलोनाको तर्फबाट भएको पारिश्रमिक प्रस्ताव डेम्बेलेलाई चित्त बुझिरहेको छैन र बार्सिलोना उच्च पारिश्रमिक दिन सकने अवस्थामा छैन। यस्तोमा चरम आर्थिक संकटसँग झुधिरहेको बार्सिलोनाले डेम्बेलेलाई क्लबमा अड्याउन सक्ने कमै सम्भावना छ।

यस्तै बार्सिलोनाले डेम्बेलेलाई निर्णायक सम्झौता प्रस्ताव गरिसकेको स्पेनिस मिडियाहरु बताउँछन्। थप नयाँ सम्झौता प्रस्ताव गर्ने पक्षमा बार्सिलोना नरहेको बताइन्छ।

बार्सिलोनाले सन् २०१७ मा बोरुसिया डर्टमन्डबाट डेम्बेलेलाई उच्च रकम तिरेर भित्र्याएको थियो। त्यसबेला डेम्बेलेका लागि बार्सिलोनाको १ सय ३५ मिलियन युरो खर्च भएको थियो। डेम्बेले फ्री ट्रान्सफरमा अन्यत्र गएको खण्डमा बार्सिलोनालाई ठूलो घाटा लाग्नेछ।

डेम्बेले बार्सिलोना छाडेर चेल्सी जाने सम्भावना बढेको छ। चेल्सीका प्रशिक्षक थोमस टुचेलसँग काम गरिसकेका कारण डेम्बेले चेल्सी जाने सम्भावना देखिएको बेलायती मिडियाहरुको भनाई छ।

बार्सिलोना आउनु अगाडी डेम्बेले बोरुसिया डर्टमन्डमा थिए। प्रशिक्षक टुचेलसँग उनको राम्रो तालमेल मिलेको थियो। सन् २०१७ मा बोरुसिया डर्टमन्ड छाडेर डेम्बेले बार्सिलोना पुगे। डेम्बेलेलाई बार्सिलोनाले उच्च रकम तिरेर भित्र्याएको थियो। त्यसबेला डेम्बेलेका लागि बार्सिलोनाको १ सय ३५ मिलियन युरो खर्च भएको थियो।

प्रकाशित : बुधबार, असार ०१, २०७९११:१९

लापोर्टालाई पिकेको चुनौती-‘हिम्मत भए विश्व कै उत्कृष्ट डिफेन्डर ल्याउ, म बेन्चमा राख्दिन्छु’