आउँदो महिना यी ३ राशिमा रहनेछ कुबेरको विशेष कृपा, हुनेछ धनको वर्षा !

ग्रह राशि परिवर्तनको हिसाबले जुलाई महिना विशेष रहनेछ। यो महिना धेरै ठूला ग्रहहरुले आफ्नो राशि परिवर्तन गर्न लागेका छन्। पूरा ६८ दिनपछि जुलाई २ मा बुध ग्रहले आफ्नो राशि परिवर्तन गर्नेछ। यस समयमा यो ग्रह मिथुन राशिमा प्रवेश गर्नेछ। जुलाई १६ मा सूर्य देव कर्कट राशिमा प्रवेश गर्नेछन्। योसँगै मंगल र शुक्रको राशि परिवर्तन पनि यही महिना हुने भएको छ। जान्नुहोस् ग्रहहरूको परिवर्तनले कुन राशिलाई फाइदा हुन्छ ?

मिथुन राशि 

कार्यस्थलमा मान सम्मान बढ्नेछ। ठूलो जिम्मेवारी पाउन सकिनेछ। व्यापार विस्तार हुनेछ। रोजगारी भएकाले पदोन्नति पाउनेछन्। जागिर खोज्ने व्यक्तिले आफूले चाहेको काम पाउन सक्छन्। पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। आकस्मिक धन प्राप्ति हुनसक्छ। लगानीका लागि पनि समय राम्रो रहनेछ।

सिंह राशि 

यो राशिका मानिसहरुका लागि यो समय निकै अनुकुल रहनेछ। कार्यक्षेत्रमा अपार सफलता मिल्ने सम्भावना छ। पदोन्नतिको प्रबल सम्भावना छ। रोकिएका काम पुरा हुनेछन्। कार्यक्षेत्रमा तपाईंको कार्यसम्पादन राम्रो रहनेछ। राम्रो कामको प्रस्ताव आउन सक्छ। वैदेशिक रोजगारीको खोजीमा रहेकालाई सफलता मिल्नेछ। व्यापारमा पनि फाइदा हुने सम्भावना छ।

धनु राशि 

आर्थिक हिसाबले यो महिना तपाईंको लागि राम्रो साबित हुनेछ। धनको देवता कुबेर तपाईं प्रति दयालु हुनेछन्। यस महिना प्रशस्त रकम आउनेछ। जग्गाजमिन सम्बन्धि मामिलामा लाभ मिल्नेछ। विभिन्न माध्यमबाट आम्दानीमा वृद्धि हुनेछ। लगानीका लागि समय राम्रो छ। बचतमा पनि सफलता मिल्नेछ।

प्रकाशित : बुधबार, असार ०१, २०७९१५:०१

अबको एक महिना सूर्यले हिरा जस्तै चम्काउनेछ यी ६ राशिको भाग्य, मिल्नेछ हरेक सफलता !