सुन २७ दिनकै सस्तो ! कति ?

काठमाडौँ – असार महिनाको पहिलो दिन नै सुनको मूल्य घटेको छ। जेठ महिनाको अन्तिम दिन घटेको सुनको मूल्य नेपाली बजारमा आज पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९६ हजार ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ६ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९६ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन झन्डै ४ साता यताकै सस्तो

पछिल्लो गिरावटसँगै सुन करिब ४ साता यताकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य जेठ ५ गते यता अर्थात २७ दिन यताकै सस्तो हो।

जेठ महिना छापावाला सुन ९५ हजार ८ सय देखि ९९ हजार २ सय रुपैंयाँ सम्ममा कारोबार हुँदा तेजाबी सुन ९५ हजार ३ सय देखि ९८ हजार ७ सय रुपैंयाँ सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। आज चाँदी १ हजार २ सय ४५ रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, असार ०१, २०७९१०:५०

आदर्श लघुवित्तको आइपिओ खुल्यो ! कसले-कसले दिने आवेदन ?